default_image

3 years ago

February 6, 2021

म्यानचेस्टर युनाइटेड र एभर्टन भिड्दै

39 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुदा म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा एभर्टनको आतथ्यता गर्दैछ । खेल ओल्ड ट्राफर्डमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा युनाइटेड एभर्टनलाई हराउदै शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक बराबरी गर्ने लक्ष्यमा हुनेछ । युनाइटेडको २२ खेलबाट ४४ अंक छ । एक खेल कम खेलेको शीर्षस्थानको सिटीको ४७ अंक छ ।अघिल्लो खेलमा साउथह्याम्टनमाथि फराकिलो जित दर्ता गरेको युनाइटेड सोही लयलाई निरन्तरता दिने दाउमा हुनेछ ।

टोलीसँग एन्थोनी मार्सियाल, मार्कुसर रासफोर्ड, ब्रुनो फर्नान्डेस, मासन ग्रीनवुड, स्कट म्याकटोमिने, लुका सा, ह्यारी मगाएर, फ्रेड, भिक्टर लिन्डेलफ, आरोन वान बिशाखा र गोलरक्षक डेभिड हे गेयाको साथ रहेको छ । यस्तै टोलीसँग इरिक बेइली, इडिन्सन काभानी, डोनी भान डि विक, पल पोग्वा, नेमान्जा माटिच र ड्यानियल जेम्सको पनि साथ रहेको छ ।

यता, एभर्टन पनि युनाइटेडलाई उसकै मैदानमा स्तब्ध पार्दै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । एभर्टन २० खेलबाट ३६ अंक जोडेर सातौ स्थानमा रहेको छ । युनाइटेडलाई हराउन सकेको अवस्थामा अर्काे खेलमा वेस्ट ह्याम पराजित भए एभर्टन पाँचौ स्थानमा उक्लने छ ।

टोलीसँग डोमिनिक काल्भर्ट लेविन, रिचार्लीसन, गिल्फी सिगुर्डसन, एलेक्स इओवी, आन्द्रे गोमेज, एब्डोउलाए डोउकोउरे, लुकास डिग्ने, यारी मिना, बिन गुडफ्रे, मिचेल किन, मासन होल्गेट र गोलरक्षक ओल्सेन रहेको छ । हामेस रोड्रिग्वेज, टोम डेभिस र जोसुवा किङ पनि टोलीमा रहँदा चोटका कारण पहिलो रोजाईका गोलरक्षक जोर्डन पिकफोर्ड र एलान टोली हुनेछैन ।

यि दुई टोलीको पछिल्लो २४ खेलको नतिजामा युनाइटेड १२ खेलमा विजयी भएको छ । ५ खेल एभर्टनले आफ्नो पक्षमा पार्दा ७ खेल बराबरीमा सकिएको छ ।

युनाइटेड २१ अप्रिल २०२१ मा ४–० ले पराजित भएयता पछिल्लो ४ खेलमा अपराजित छ । जसमा २ जित र दुई बराबरीको नजिता छ ।

अन्य खेल
एस्टन भिल्लाविरुद्ध आर्सनल (साँझ ६ः१५ बजे), बर्नलेविरुद्ध ब्राइटन (राति ८ः४५ बजे), न्युक्यासलविरुद्ध साउथह्याम्टन (राति ८ः४५ बजे) र फुलहमविरुद्ध वेस्ट ह्याम (राति ११ः१५ बजे)

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.