9 years ago
October 2, 2016
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले आफ्ना पूर्व कप्तान कृष्णबहादुर श्रेष्ठलाई आइतबार सम्मान गरेको छ । आइतबारनै ६४ बर्षमा प्रवेश गरेका श्रेष्ठ क्लबका कार्यसमिति सदस्य पनि हुन् । उनी झन्डै डेढ दशक क्लबको व्यवस्थापक समेत रहेका थिए । पछिल्लो समय उनी अस्वस्थ छन् ।

सोही अवसरमा क्लबले हालै भारतको गुवाहाटीमा सम्पन्न ६४ औं भारत रत्न बोर्डोलोइ ट्रफीको विजेता टोलीलाई सम्मानित गरेको थियो । शुक्रबार भएको फाइनलमा थ्री स्टारले इस्ट बंगाललाई २–१ ले पराजित गरेको थियो । उपाधिसहित १६ लाख रुपैयाँ जितेको थ्री स्टारको टोली शनिबार स्वदेश फर्केको थियो । दोस्रो पटक प्रशिक्षकको जिम्मेवारी सम्हालेको पहिलो प्रतियोगितामा नै मेघराज केसीले क्लबलाई उपाधि दिलाएका छन् । उनले पहिलो कार्यकालमा पनि थ्री स्टारलाई पहिलो उपाधिका रुपमा ब्रिटिस गोर्खा कप जिताएका थिए ।

December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]