default_image

3 years ago

February 6, 2021

एस्टन भिल्लासँग आर्सनलको हार

129 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनल एस्टन भिल्लासँग पराजित भएको छ । भिल्ला पार्कमा शनिबार राति भएको खेलमा आर्सनल घरेलु टोलीसँग १–० ले पराजित भएको हो ।

प्रिमियर लिगमा आर्सनलको यो लगातार दोस्रो हार हो । यसअघि आर्सनल वल्भ्ससँग २–१ ले पराजित भएको थियो । घरेलु टोलीको जितमा ओले वाटकिन्सले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको दोस्रो मिनेटमा बर्टान्ड ट्राओरेको पासमा गोल गरेका थिए ।

सम्हालिन नपाउँदै एक गोलले पछि परेको आर्सनलले त्यसपछि घरेलु टोलीलाई बल पोसेसनमा दवाव राखेपनि भिल्लाको बलियो रक्षापङ्तिलाई तोड्न नसक्दा पराजित हुन पुग्यो । भिल्लाले सुरुवातमै लिएको अग्रता अन्तिमसम्म जोगाउदै महत्वपुर्ण ३ अंक जोड्न सफल भयो ।

२८औं मिनेटमा ग्रानिट झाकाको फ्रिकिकलाई आर्सनलकै पूर्व गोलरक्षक इमिलियानो मार्टिनेजले विफल पारे । ३०औं मिनेटमा रस बार्कलेको पासमा बर्टान्ड ट्राओरे चुक्दा भिल्ला अग्रता दोब्बर पार्नबाट चुक्यो । ४४औं मिनेटमा पेपे चुक्दा आर्सनल पनि बराबरीबाट चुक्यो ।

६८औं मिनेटमा पेपेको प्रहारमा मार्टिनेज नै बाधक बने । ८३औं मिनेटमा बुकायो साकासँगको वान टु वान पासमा इमिल स्मिथ रोविले मिलाइदिएको पासमा यसै विन्टरमा स्पेनिस क्लब रियल म्याड्रिडबाट आर्सन्ल आएका मार्टिन ओडेगार्डको प्रहारले पोस्टको गति लिन सकेन ।

यो जितसँगै एस्टन भिल्ला २१ खेलबाट ३५ अंक जोडेर आठौं स्थानमा उक्लदा पराजित आर्सनल २३ खेलबाट ३१ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.