default_image

3 years ago

February 7, 2021

फ्रेइवर्गसँग डर्टमुन्डको हार

37 views

0 Bookmark

एजेन्सी – यो सिजन तुलनात्मक रुपमा कमजोर प्रदर्शन गरिरहेको बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा सिजनको आठौं हार बेहोर्दा शनिबार राति फ्रेइवर्गसँग २–१ ले पराजित भएको छ ।

पछिल्लो पाँच खेलमा डर्टमुन्डको यो तेस्रो हार हो । डर्टमुन्ड यसअघि बायर लिभरकुसन र बोरुसिया मोन्चेनग्लाडवाकसँग पराजित भएको थियो । फ्रेइवर्गको जितमा वु यिओङ जिओङ र जोनाथनले गोल गरे । डर्टमुन्डका युस्सोउफा मौकाकोले गोल गरेपनि हार टार्न सकेन ।

फ्रेइवर्गमा शनिबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेलको ४९औं मिनेटमा वु यिओङ जिओङको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । उनले भिन्सेन्जो ग्रिफोको पासमा गोल गरेका थिए । ५२औं मिनेटमा जोनाथनले गोल गर्दै फ्रेइवर्गको अग्रता दोब्बर पारे ।

दुई गोलले पछि परेपछि सम्हालिएको खेल पस्कदै घरेलु टोलीलाई दवावमा राख्दै एक गोल गरेपनि डर्टमुन्डले हार टार्न सकेन । ७६औं मिनेटमा १६ वर्षीया युस्सोउफा मौकाकोले एर्लिङ ब्राउट हालान्डको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा हार भोग्न पुग्यो ।

यो हारसँगै डर्टमुन्ड २० खेलबाट ३२ अंक जोडेर छैटौ स्थानमा रहेको छ । डर्टमुन्ड शीर्षस्थानको बायर्न म्युनिखसँग १६ अंकले पछि परिसकेको छ । डर्टमुन्डलाई हराएको फ्रेइवर्ग ३० अंकसहित आठौं स्थानमा छ ।

बुन्डेसलिगाकै अर्काे खेलमा शीर्षस्थानको बायर्नलाई पछ्याइरहेको आरबी लाइप्जिगले साल्केलाई ३–० ले पराजित गरेको छ । लाइप्जिगको जितमा नोर्दी मुकिले, मार्सेल सवित्जर र विल्ली ओर्वानले गोल गरे ।

जितसँगै लाइप्जिगको २० खेलबाट ४१ अंक पुगेको छ । लाइप्जिग शीर्षस्थानको बायर्नसँग ७ अंकले पछि छ । पराजित साल्के ८ अंक जोडेर पुछारमा रहेको छ ।

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

Success

Thank you for your time.