default_image

3 years ago

February 8, 2021

चेल्सीले सेफिल्डलाई हरायो

24 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीले सेफिल्ड युनाइटेडलाई उसकै मैदानमा २–१ ले हराएको छ ।

प्रिमियर लिगमा पछिल्लो चार खेलमा चेल्सीको यो लगातार तेस्रो जित हो । वल्भ्ससँग गोलरहित बराबरीमा रोकिएपछि चेल्सीले बर्नले र टोटेनहमलाई हराएको थियो ।

ब्रामल लेन सेफिल्डमा आइतबार राति भएको खेलमा चेल्सीको जितमा मासन माउन्ट र जर्गिन्होले गोल गर्दा सेफिल्डले एक गोल उपहार पाएको थियो ।

प्रतिस्पर्धात्मक खेलको ४३औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई १–० को हग्रता दिलाए । उनले टिमो वेर्नरको पासमा गोल गरेका थिए । ५४औं मिनेटमा एन्टेनियो रुडिगरले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुगेको थियो ।

५८औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २–१ ले अघि बढाए । टिमो वेर्नरमाथि गोलरक्षक आरोन राम्सदलेले फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै चेल्सीलाई पेनाल्टी दिएको थियो । जसमा जर्गिन्हो चुकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी विजयी हुन सफल भयो ।

यो जितसँगै चेल्सी २३ खेलबाट ३९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित सेफिल्ड ११ अंक जोडेर पुछारमा छ । चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ११ अंकले पछि छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.