default_image

3 years ago

February 8, 2021

अभिषेकले ऐजवालबाट खेल्ने

49 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजालले भारतको आइलिग क्लब ऐजवाल फुटबल क्लबबाट खेल्ने भएका छन् ।

केहि महिनाअघि भएको आइलिग छनोटमा मोहमडन सपोर्टिङ क्लबबाट खेलेका उनले टोली आइलिगमा छनोट भएपनि खेल्ने अवसर पाएनन् । उनलाई लिगको बाँकी खेलका लागि ऐजवालले अनुबन्ध गर्न लागेको हो । आइलिगको छैटौं चरणको खेल सकिन लाग्दा ऐजवाल लिगको पाँचौ स्थानमा छ । ५ खेलमा टोलीले २ जित, २ बराबरी र एक हारसँगै ८ अंक जोडेको छ ।

जारी आइलिग सिजन खेल्ने अभिषेक तेस्रो नेपाली खेलाडी हुनेछन् । यसअघि गोलरक्षक किरण चेम्जोङ राउन्डग्लास पन्जाब एफसीबाट खेल्दै आएका छन् । उनको टोली ८ अंकसहित तेस्रो स्थानमा छ । किरणले दुई खेलमा कप्तानी समेत गरेका थिए । यस्तै प्रकाश बुढाथोकीले नेरोकाबाट खेल्ने तयारी गर्दैछन् ।

लिगको शीर्षस्थानमा रहेको चर्चिल ब्रदर्सले ६ खेलमा ३ जित र ३ बराबरीसँगै १२ अंक जोडेको छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.