default_image

3 years ago

February 8, 2021

सावित्राको ८ गोलमा एपिएफको फराकिलो जित

67 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सावित्रा भण्डारी ‘साम्वा’ को दोहोरो ह्याट्रिक मद्दतमा उपाधिको दावेदार विभागीय नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा अपराजित यात्रालाई सातौ खेलसम्म लम्ब्याउदा चौदन्डीगढी नगरपालिका उदयपुरमाथि १४–० को फराकिलो जित निकालेको छ ।

एपिएफको जितमा सावित्राले ८ गोल गर्दा अनिता केसी र कप्तान अनिता बस्नेतले समान २ गोल गरिन् । अनु लामा र रविना गोलेले समान एक गोल थपिन् । एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको एकपक्षीय खेलमा एपिएफले एपिएफले पहिला र दोस्रो हाफमा समान ७–७ गोल गरेको थियो ।

खेलको चौथो मिनेटमा सावित्रा भण्डारीको गोलबाट एपिएफले खेलमा १–० को अग्रता लिएको थियो । गोलरक्षक सुस्मिता राई अघि बढेको अवस्थामा अनिता केसीले मिलाईदिएको पासमा साबित्राले खाली पोस्टमा गोल गरिन् ।

१८औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफको अग्रता दोब्बर पारिन् । २४औं मिनेटमा अनिता केसीले सावित्रा भण्डारीको पासमा गोल गर्दै एपिएफलाई ३–० ले अघि बढाइन् । ३६औं मिनेटमा सावित्रा भण्डारीले ह्याट्रिक पूरा गर्दा एपिएफले खेलमा ४–० को आरामदायी अग्रता लिन सफल भयो । गोलरक्षक सुस्मिता राई अघि बढेको अवस्थामा सावित्राले खाली पोस्टमा गोल गरिन् ।

३९औं मिनेटमा अनिता केसीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दा एपीएफ खेलमा ५–० ले अघि बढ्यो । ४३औं मिनेटमा सावित्राले व्यक्तिगत चौथो गोल गर्दा एपिएफले पहिलो हाफमा ६–० को अग्रता लिन सफल भयो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कप्तान अनिता बस्नेतले गोल गर्दै एपिएफलाई पहिलो हाफमा ७–० को अग्रता लिन सफल भयो ।

५३औं र ५६औं मिनेटमा सावित्राले गोल गर्दै दोहोरो ह्याट्रिक पुरा गर्दा एपिएफ ९–० ले अघि बढ्यो । ६४औं मिनेटमा कप्तान अनिता बस्नेतले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफले खेलमा १०–० ले अग्रता लिन सफल भयो । ७१औं मिनेटमा सावित्राले व्यक्तिगत सातौ गोल गर्दै एपिएफलाई ११–० ले अघि बढाइन् ।

७५औं मिनेटमा अनु लामाले गोल गर्दै एपिएफलाई १२–० ले अघि बढाइन् । ७९औं मिनेटमा सव्सिच्युट रविना गोलेले गोल गर्दै एपिएफलाई १३–० ले अघि बढाइन् । ८६औं मिनेटमा सावित्राले व्यक्तिगत नवौं गोल गर्दै एपिएफलाई १४–० ले अघि बढाइन् ।

जितसँगै अपराजित रहेको एपिएफको ७ खेलबाट २१ अंक पुगेको छ । एपिएफले दोस्रो स्थानमा रहेको आर्मीलाई ५ अंकले पछि पारेको छ । आर्मीको १६ अंक छ । पराजित चौदन्डीगढीले अंकको खाता खोल्न सकेको छैन ।

लिगमा मंगलबार दुई खेल हुनेछ । पहिलो खेलमा आर्मी र वालिङ तथा दोस्रो खेलमा पुलिस बिराटनगरबीच प्रतिस्पर्धा हुनेछ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.