default_image

3 years ago

February 8, 2021

वडा नं १० दुहबी मेयर कपको फाइनलमा

24 views

0 Bookmark

दुहबी (हाम्रो खेलकुद)– वडा नं १० सुनसरीको दुहबीमा जारी तेस्रो मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

वडा नं ४ लाई सोमबार पेनाल्टीसुटआउटमा ४–२ ले हराउँदै वडा नं १० मेयर कपको उपाधिनजिक पुगेको हो । अब वडा नं १० ले उपाधिका लागि वडा नं ७ सँग प्रतिस्पर्धा गर्नेछ । आइतबार वडा नम्वर ७ ले वडा नम्वर ६ लाई ४–२ ले हराउदै फाइनलमा स्थान पक्का गरेको थियो ।

फाइनल बुधबार हुनेछ । दुहवीमा सोमबार भएको खेलमा निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगएपछि खेलको निर्णण् पेनाल्टी सुटआउटबाट लिइएको थियो । वडा नं १० का समित चौधरी, प्रलाद चौधरी, कुन्दन चौधरी र कबिन्द्र चौधरीले गोल गरे ।

वडा नं ४ का मुकेश चौधरी र अलव दुलालले गोल गर्दा श्रवण ऋषिदेव र सुरज राजवंशीले गोल गर्न सकेनन् । त्यसअघि दुहवीमा भएको खेलमा वडा नं १० ले कबिन्द्र चौधरीको गोलबाट खेलको १५औं मिनेटमा अग्रता लिएको थियो ।

१६औं मिनेटमा श्रवण रिसिदेवले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३८औं मिनेटमा कबिन्द्रले गोल गर्दै वडा नं १० लाई २–१ ले अघि बढाए । ६१औं मिनेटमा सुरज राजवंशीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

विजयी टोलीका कबिन्द्र चौधरी खेलको म्यान अफ दि म्याच घोषित भए । उनलाई दुहवी नगरपालिका सुनसरीका उपमेयर सुनिता दाहाल शाहले २ हजार रुपैयाँ सहित मेडल हस्तान्तरण गरे ।

दुहबी नगरपालिकाको आयोजना तथा दुहबीको एलेभन एरोज क्लबले संयोजन गर्ने प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार १ सय र दोस्रो हुने टोलीले ५१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ७ हजार, सर्वाधिक गोलकर्ताले ६ हजार र विधागत उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.