default_image

3 years ago

February 9, 2021

बायर्न फिफा क्लब विश्वकपको फाइनलमा

37 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिख फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति इजिप्टको अल एहलीलाई २–० ले पराजित गर्दै बायर्न फाइनलमा पुग्न सफल भएको हो ।


बायर्नको फाइनल यात्रामा दुवै गोल पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले गरे । उनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेका थिए ।

कतारस्थित अहमेद विन अली स्टेडियममा सोमबार राति भएको खेलमा युरोपियन च्याम्पियन बायर्नले खेलको १७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । उनले सर्ज जिनाब्रीको पासमा सिक्स यार्डभित्रबाट सहज गोल गरेका थिए ।

बल पोसेसनमा पनि पकड राखेको बायर्नका लागि खेलको अन्त्यतिर लेवान्डोस्कीले अर्काे गोल गर्दै बायर्नलाई उपाधि नजिक पु¥याए । उनले यसपटक लिरोए सानेको पासमा गोल गरेका थिए ।

अब बायर्नले उपाधिका लागि मेक्सिकोको टिग्रेससँग ११ फेब्रुअरीमा प्रतिस्पर्धा गर्नेछ । टिग्रेसले ब्राजिलयिन क्लब पाल्मेइरसलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । सोही दिन नै तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.