default_image

3 years ago

February 9, 2021

शीर्षस्थानको एट्लेटिको रोकियो

34 views

0 Bookmark

एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेजको दुई गोल बावजुत शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ ।

एक गोलले पछि परेको अवस्थामा जितनजिक पुगेर पनि एट्लेटिको घरेलु मैदानमा सेल्टा डि भिगोसँग २–२ गोलको बराबरीमा रोकिएको हो । सेल्टाका लागि सान्टी मिना र फकुन्डो फेरेराले गोल गरे ।

वान्डा मेट्रोपोलिटानोको सोमबार राति भएको खेलमा घरेलु टोली खेलको १३औं मिनेटमा सान्टी मिनाको गोलबाट पछि परेको थियो । उनले ह्युगो माल्लोको पासमा गोल गरेका थिए । ४५औं मिनेटमा मार्काेस लोरेन्टेको पासमा लुइस सुआरेजले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

५०औं मिनेटमा सुआरेजले रेनान लोडीको पासमा गोल गर्दै एट्लेटिकोलाई २–१ को अग्रता दिलाए ।लिगमा सुआरेजको यो १६औं गोल हो । खेल सकिन एक मिनेट बाँकी रहँदा सेल्टाका फकुन्डो फेरेराले गोल गर्दै एट्लेटिकोलाई जितबाट वञ्चित गराउदै अंक खोस्न सफल भए ।

बराबरीको नतिजासँगै शीर्षस्थानमा रहेको एटलेटिकोको २१ खेलबाट ५१ अंक पुगेको छ । एट्लेटिकोले दोस्रो र तेस्रो स्थानमा रहेको बार्सिलोना र रियल म्याड्रिडलाई ८ अंकले पछि पारेको छ । बार्सिलोना र रियलको समान ४३ अंक छ । सेल्टा २६ अंक जोडेर १०औं स्थानमा छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.