default_image

3 years ago

February 15, 2021

पुलिसमाथि एपिएफको संघर्षपूर्ण जित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला लिगको शीर्षस्थानमा रहेको नेपाल एपिएफ क्लबले संघषूर्ण जित हासिल गरेको छ । परिवर्तित खेलाडी रविना गोले गोलेको निर्णायक गोलमा सोमबार अर्को विभागिय टोली नेपाल पुलिस क्लबमाथि २–१ को कठीन जित निकाल्दै शीर्षस्थानको एपिएफले अंक दुरीलाई अझै फराकिलो बनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफका खेलाडी पटक पटक गोल गर्नबाट […]

32 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला लिगको शीर्षस्थानमा रहेको नेपाल एपिएफ क्लबले संघषूर्ण जित हासिल गरेको छ ।

परिवर्तित खेलाडी रविना गोले गोलेको निर्णायक गोलमा सोमबार अर्को विभागिय टोली नेपाल पुलिस क्लबमाथि २–१ को कठीन जित निकाल्दै शीर्षस्थानको एपिएफले अंक दुरीलाई अझै फराकिलो बनाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफका खेलाडी पटक पटक गोल गर्नबाट चुके । पुलिसकी कप्तान खिम कुमारी गुरुङको आत्मघाती गोलबाट ६८ औं मिनेटमा एपिएफले अग्रता बनाएको थियो । सुष्मा तामाङको प्रहारलाई खिमले क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो ।

यसअघिका सबै खेलमा हावी रहँदै आएको एपिएफले ७५ औं मिनेटमा जारी लिगमै पहिलो गोलको सामना गरेको थियो । सावित्रा चोटका कारण बाहिर रहेर एपिएफ १० खेलाडीमा हुँदा अमृता जैसीले बराबरी गोल गरेकी थिइन् । उनले पेनाल्टी बक्सको बाहिरबाट गरेको प्रहारलाई एपिएफकी गोलकिपर एन्जिला तुम्बापो सुम्बाले रोक्ने कुनै मौका पाइनन् ।

सावित्राको ठाँउमा मैदान प्रवेश गरेकी रविनाको गोलमा एपिएफ विजय यात्रालाई जारी राख्न सफल भयो । रविनाले ८६ औं मिनेटमा गोल गरेकी हुन् । पहिलो लेगमा एपिएफले पुलिसमाथि ३–० को जित निकालेको थियो । पुलिसकी अमृता प्लेयर अफ दी म्याच घोषित भइन् ।

लिगकी सर्वाधिक गोलकर्ता सावित्रा दोस्रो खेलमा गोलविहिन बनिन् । यसअघि उनले आर्मीसँग २–० को जितमा गोल गरेकि थिइनन् । १० खेलबाट उनले ४३ गोल गरिसकेकी छिन् ।

१० खेलमा एपिएफको ३० अंक छ । समान खेलमा दोस्रो स्थानको आर्मीको २५ अंक छ । यी दुई टोलीबीच लिगको अन्तिम खेल हुनेछ । विराटनगर महानगरपालिकासँग अब हुने खेल जितेमा एपिएफ अन्तिम खेलअघि नै च्याम्पियन बन्नेछ ।

May 4, 2024

रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक

एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान‌ १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]

May 4, 2024

आर्सनलद्वारा बर्नमाउथ पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई पराजित गरेको छ । शनिबार भएको दिनको पहिलो खेलमा आर्सनल ३-० ले विजयी भएको हो । आक्रामक खेल प्रदर्शन गरेतापनि आर्सनलले अग्रता लिन पहिलो हाफको अन्त्य कुर्नु परेको थियो । बर्नमाउथका गोलरक्षक मार्क ट्राभर्सले काई हाभर्ट्ज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बुकायो […]

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

Success

Thank you for your time.