default_image

3 years ago

February 15, 2021

सावित्राले बाँकी खेल गुमाउन सक्ने!

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला लिग अन्तर्गत सोमबारबाट १० औं चरणको खेल समाप्तीसँगै ११ औं चरणको खेल सुरु भएको छ । नेपाल एपिएफ क्लब शत प्रतिशत जितको नतिजा निकाल्दै ३० अंकका साथ लिगको शीर्षस्थानमा छ । फाइल तस्बिर विराटनगर महानगरपालिकाविरुद्ध अब हुने खेल जितेमा एपिएफ १ खेल बाँकी रहँदै एपिएफ पहिलो पटक आयोजना भएको डबल लिगको च्याम्पियन बन्नेछ । तर, अधिकांश जितमा केन्द्रमा रहँदै आएकी […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला लिग अन्तर्गत सोमबारबाट १० औं चरणको खेल समाप्तीसँगै ११ औं चरणको खेल सुरु भएको छ । नेपाल एपिएफ क्लब शत प्रतिशत जितको नतिजा निकाल्दै ३० अंकका साथ लिगको शीर्षस्थानमा छ ।

फाइल तस्बिर

विराटनगर महानगरपालिकाविरुद्ध अब हुने खेल जितेमा एपिएफ १ खेल बाँकी रहँदै एपिएफ पहिलो पटक आयोजना भएको डबल लिगको च्याम्पियन बन्नेछ । तर, अधिकांश जितमा केन्द्रमा रहँदै आएकी टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी सम्बाको साथ अबका २ खेलमा भने रहने सम्भावना कम छ ।

कारण उनी सोमबार अर्को विभागिय टोली नेपाल पुलिस क्लबसँगको खेलमा घाइते भएकी छिन् । दायाँ घुँडामा चोट लागेपछि बिएन्डबीमा एमआरआई गरेकी उनको रिपोर्ट मंगलबार आउने र त्यसपछि उनी खेल्ने नखेल्ने तय हुनेछ । सावित्रालाई नै पनि खेल्ने सम्भावना कम छ भन्ने लाग्छ ।

पुलिसविरुद्ध खेलको ७९ औं मिनेटमा सम्बाले मैदान छाडेकी थिइन् । उनको ठाँउमा मैदान प्रवेश गरेकी रविना गोलेले ८६ औं मिनेटमा गोल गर्दै एएिफलाई जित दिलाएकी थिइन् । साम्बाले गोलको लागि प्रयास गर्दा चोट लागेको थियो । विपक्षी गोलकिपर अघि बढेको मौकामा बल चिप गर्ने प्रयासमा ल्यान्डिङका क्रममा उनको घुडाँमा चोट लागेको थियो ।

‘किपर अघि बढेको मौकामा बल उठाउन खोजेकी थिएँ । बल उठाएपनि गोल भएन’, उनले भनिन्, ‘ल्यान्डिङ गर्दा चोट लाग्यो । घुडाँ अलि अलि सुन्नेको छ । आइसिङ गरिरहेको छु । अब भोली रिपोर्ट आएपछि के कस्तो थाहा हुन्छ । सायद बाँकी २ खेल खेल्दिन होला ।’

जारी लिगमा एपिएफले पहिलो गोल खाएकै खेलमा साम्बा घाइते भएकी छिन् । १० औं खेलमा आइपुग्दा साम्बा पहिलो पटक परिवर्तन हुनुपर्यो, त्यो पनि चोटका कारण । उनले २ खेलमा मात्र गोल गर्न सकिनन् । सोमबार पुलिस र त्यसअघि आर्मीविरुद्ध २–० को जितमा उनले गोल गरेकी थिइन् । पुलिसविरुद्ध मैदान छाड्नुअघि उनले गोलको थोरै अवसर सृजना गरेपनि सफल भने भइनन् । १० खेलमा साम्बाले ४३ गोल गरिसकेकी छिन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) की फिजियोथेरापिष्ट नविना श्रेष्ठले चोटको प्रकृति हेर्दा लिगामेन्टमा गम्भिर समस्या पनि हुन सक्ने सम्भावना भएकोले एमआरआई गरिएको बताइन् ।
‘नन कन्ट्याक्टमा उनको नि टुइस्ट भएको हो । चोटले उनी उठ्न सकिनन् । हामीले गएर सुरुवाती परिक्षण गर्यौं,’ उनले भनिन्, ‘उनले उठेर हिड्न डर लाग्यो भनेकोले लिगामेन्ट इन्जुरी नै जस्तो लाग्छ । त्यसैले हामीले थप रिस्क लिन चाहेनौं ।’

एमआरआईको रिपोर्ट पछि मात्र सम्बाको चोटको अवस्थाका बारेमा बताउँन सकिने श्रेष्ठले बताइन् । ‘हामीले शंका गरेको र डाक्टरको शंका मिलेको छ । त्यसैले एमआरआई गर्यौं,’ उनले थपिन्, ‘त्यसबाट चोट भए नभएको थाहा हुन्छ । केहि छैन भने केहि दिनको आरामले पनि ठीक हुन पनि सक्छ । अहिले यस्तै भन्न सकिने अवस्था छैन ।’

May 4, 2024

आर्सनलद्वारा बर्नमाउथ पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई पराजित गरेको छ । शनिबार भएको दिनको पहिलो खेलमा आर्सनल ३-० ले विजयी भएको हो । आक्रामक खेल प्रदर्शन गरेतापनि आर्सनलले अग्रता लिन पहिलो हाफको अन्त्य कुर्नु परेको थियो । बर्नमाउथका गोलरक्षक मार्क ट्राभर्सले काई हाभर्ट्ज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बुकायो […]

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

Success

Thank you for your time.