default_image

3 years ago

February 15, 2021

विराटनगर लिगको तेस्रो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – वालिङ नगरपालिकालाई पराजित गर्दै विराटनगर महानगरपालिका राष्ट्रिय महिला लिगको तेस्रो स्थानमा उक्लिएको छ । सोमबार एन्फा कम्प्लेक्समा भएको निकै प्रतिस्पर्धात्मक खेलमा विराटनगर १-० ले विजयी हुँदै लिगको शीर्ष तीनमा पुगेको हो । विराटनगरको जितमा आशा कुमारीको फ्रिकिक गोल नै निर्णायक बन्यो । ३५ औं मिनेटमा आशाले गरेको फ्रिकिकलाई वालिङकी गोलरक्षक सावित्री […]

31 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वालिङ नगरपालिकालाई पराजित गर्दै विराटनगर महानगरपालिका राष्ट्रिय महिला लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

सोमबार एन्फा कम्प्लेक्समा भएको निकै प्रतिस्पर्धात्मक खेलमा विराटनगर १-० ले विजयी हुँदै लिगको शीर्ष तीनमा पुगेको हो । विराटनगरको जितमा आशा कुमारीको फ्रिकिक गोल नै निर्णायक बन्यो । ३५ औं मिनेटमा आशाले गरेको फ्रिकिकलाई वालिङकी गोलरक्षक सावित्री किसानले बचाउन सकिनन् ।

त्यसअघि खेलमा एपिएफले पुलिसलाई २-१ ले पराजित गरेको थियो । अंक तालिकामा विराटनगरको ११ खेलमा ५ जित, ५ हार र १ बराबरसहित १६ अंक छ । ११ खेल खेलेको वालिङको १४ तथा एक खेल कम खेलेको पुलिसको पनि १४ अंक नै छ ।

अपराजित एपिएफ १० खेलमा ३० अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको आर्मीको ८ जित, १ हार र १ बराबरसहित २५ अंक रहेको छ । चन्द्रपुरले २ जितमा ६ अंक जोड्दा चौदन्डीगढी अंकविहिन छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.