default_image

3 years ago

February 15, 2021

झराना प्रदेश स्तरिय फुटबलको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – आयोजक मोरङको झरना युवा क्लब सुन्दर हरैचामा जारी प्रथम प्रदेश स्तरिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवशे गरेका छ । आफ्नै जिल्लाको लेटाङ फुटबल क्लबलाई सडन डेथमा हराउँदै झरना अन्तिम चारमा पुगेको हो । निर्धारित समय खेल १–१ को बराबरीमा टुंगिएको थियो । टाइब्रेकरमा पनि बराबरीपछि सडन डेथमा झरनाले बाजी मारेको थियो […]

103 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – आयोजक मोरङको झरना युवा क्लब सुन्दर हरैचामा जारी प्रथम प्रदेश स्तरिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवशे गरेका छ । आफ्नै जिल्लाको लेटाङ फुटबल क्लबलाई सडन डेथमा हराउँदै झरना अन्तिम चारमा पुगेको हो ।

निर्धारित समय खेल १–१ को बराबरीमा टुंगिएको थियो । टाइब्रेकरमा पनि बराबरीपछि सडन डेथमा झरनाले बाजी मारेको थियो । खेलको छैटौं मिनेटमा शिशिर लेखीको गोलबाट झरनाले अग्रता लिएको थियो । मिक्चेन तामाङले ३२ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

पेनाल्टीमा झरनाका निरज बस्नेत, साइमन्ड लिम्बु, निशान सुब्बा,दोर्जे लामा,मनोज राई, अशोक खवास, निशान लिम्बु र उमेश राईले गोल गरे । पदम भट्टराईको प्रहारलाई विपक्षी गोलकिपरले रोकेका थिए ।

लेटाङका लागि मिक्चन, अभिषेक लिम्बु, एकराज बुढाथोकी, मनिष थापा, उमेश कार्की, शुसन तामाङ र किरण लिम्बुले गोल गरे । राज कुमार कन्दड्गवा र सुभाष तामाङको प्रहार विपक्षी गोलकिपरले जोगाएका थिए ।

झरनाका पूर्ण चेम्जोङ खेलको म्यान अफ दी म्याच घोषित भए । सुन्दर हरैचा नगरपालिका वडा नं ९ का अध्यक्ष राजकुमार कार्कीले पूर्णलाई २ हजार १ सय रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको मंगलबार हुने क्वार्टरफाइनलमा धरान सिटी फुटबल एकेडेमी सुनसरी र डागीहाट फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

May 4, 2024

रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक

एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान‌ १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]

May 4, 2024

आर्सनलद्वारा बर्नमाउथ पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई पराजित गरेको छ । शनिबार भएको दिनको पहिलो खेलमा आर्सनल ३-० ले विजयी भएको हो । आक्रामक खेल प्रदर्शन गरेतापनि आर्सनलले अग्रता लिन पहिलो हाफको अन्त्य कुर्नु परेको थियो । बर्नमाउथका गोलरक्षक मार्क ट्राभर्सले काई हाभर्ट्ज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बुकायो […]

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

Success

Thank you for your time.