default_image

3 years ago

February 16, 2021

बायर्न हारबाट जोगियो

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिख रेलिगेसन जोनमा संघर्ष गरिरहेको अर्मेनिया बिलेफिल्डसँगको हारबाट जोगिएको छ । २–१ ले पछि परेको अवस्थामा कोरेन्टिन टोलिसो र अलफन्सो डाभिसले गोल गरेपछि बायर्नले अर्मेनियासँग ३–३ गोलको बराबरी खेलेको हो । एलिएन्ज एरिनामा सोमबार राति भएको खेलमा पाहुना टोलीका मिचेल भिलाप, आमोसस पिपर र क्रिस्टियन गेवाअरले गोल गरे […]

29 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिख रेलिगेसन जोनमा संघर्ष गरिरहेको अर्मेनिया बिलेफिल्डसँगको हारबाट जोगिएको छ ।

२–१ ले पछि परेको अवस्थामा कोरेन्टिन टोलिसो र अलफन्सो डाभिसले गोल गरेपछि बायर्नले अर्मेनियासँग ३–३ गोलको बराबरी खेलेको हो । एलिएन्ज एरिनामा सोमबार राति भएको खेलमा पाहुना टोलीका मिचेल भिलाप, आमोसस पिपर र क्रिस्टियन गेवाअरले गोल गरे । बायर्नका रोबर्ट लेवान्डोस्की, टोलिसो र डाभिसले गोल गरे ।

बायर्नविरुद्ध अर्मेनियाले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । नवौं मिनेटमा मिचेल भिलाप र ३७औं मिनेटमा आमोसले गोल गरेका थिए । ४८औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

लगत्तै ४९औं मिनेटमा क्रिस्टियनले गोल गर्दै खेललाई ३–१ को स्थितिमा अघि बढाए । ५७औं मिनेटमा कोरेन्टिन टोलिसोले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । ७०औं मिनेटमा अलफन्सो डाभिसले गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याउदै बायर्नलाई हारबाट जोगाए ।

यो बराबरीसँगै शीर्षस्थानको बायर्नको २१ खेलबाट ४९ अंक पुगेको छ । बायर्नले दोस्रो स्थानको आरबी लाइप्जिगलाई ५ अंकले पछि पारेको छ । अर्मेनिया १८ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.