default_image

3 years ago

February 16, 2021

मेस्सी विरुद्ध एमबाप्पे अर्थात् वर्तमान र भविष्य

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती क्याटलान क्लब बार्सिलोना र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनबीच प्रतिस्पर्धा हुँदैछ । खेल रातको १:४५ बजे क्याम्प नोउमा सुरु हुनेछ । पाहुना टोली पिएसजीका लागि स्टार फरवार्ड नेयमार उपस्थित रहने छैनन् । पछिल्लो पटक पिएसजी यस मैदानमा खेल्दा नेयमार विपक्षी टोलीमा रहेका थिए । त्यस खेलको अभूतपूर्व […]

60 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती क्याटलान क्लब बार्सिलोना र फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनबीच प्रतिस्पर्धा हुँदैछ । खेल रातको १:४५ बजे क्याम्प नोउमा सुरु हुनेछ ।

पाहुना टोली पिएसजीका लागि स्टार फरवार्ड नेयमार उपस्थित रहने छैनन् । पछिल्लो पटक पिएसजी यस मैदानमा खेल्दा नेयमार विपक्षी टोलीमा रहेका थिए । त्यस खेलको अभूतपूर्व नतिजाले बार्सिलोना अर्को चरणमा प्रवेश गर्न सफल रहेको थियो । पिएसजीले आफ्नो आक्रमणको जिम्मेवारी अर्का स्टार किलियन एमबाप्पेलाई सुम्पनेछ ।

एमबाप्पेले आज विश्वका सर्वोत्कृष्ट मध्यका लिओनेल मेस्सीको सामना गर्नेछन् । मेस्सी वर्तमान स्थितिमा उत्कृष्ट छन् र धेरैले एमबाप्पेलाई त्यसै स्तरमा पुग्न सक्ने खेलाडीको रुपमा हेरेका छन् । दुवै खेलाडी आफ्नो करिअरको फरक विन्दुमा छन् । करिअरको अन्त्यतिर आएका मेस्सी अर्को च्याम्पियन्स लिग उपाधि जित्ने चाहमा रहँदा एमबाप्पे यस उपाधिसहित करिअरलाई नयाँ उचाइमा पुर्याउन चाहन्छन् । दुवैमा एक समानता भने छ, क्लब छोड्ने सम्भावनाको ।

स्पेनिस क्लब रियल म्याड्रिड लामो समयदेखि एमबाप्पेमाथि नजर राखिरहेको छ । पिएसजीमा नयाँ सम्झौता नगरेका उनी आफैंले पनि पटक पटक रियल जाने संकेत दिंदै आएका छन् । यता गत सिजनको अन्त्यमा नै बार्सिलोना छाड्ने सम्भावना देखाएका मेस्सी बार्सिलोना छाड्ने पक्का छ । मेस्सीको नाम पिएसजीसँग पनि जोडिएको छ ।

यस खेलको नतिजाले पनि दुवै खेलाडीको भविष्यमा ठूलो भूमिका खेल्नेछ । मेस्सी क्लबमा रहने नरहने भन्ने निर्णय यस खेलपछि अझ प्रष्ट रुपमा लिन सक्नेछन् । यदि मेस्सी पिएसजी नै आएको खण्डमा एमबाप्पेका लागि पनि रियल जाने बाटो खुल्नेछ । दुवै खेलाडीलाई क्लबमा राख्ने सम्भावना भने आर्थिक पाटोबाट पनि न्यून छ ।

मेस्सी र एमबाप्पे क्लब स्तरमा पहिलो पटक आमनेसामने हुँदैछन् । यसअघि यी दुई टोलीको भिडन्त सन् २०१८ को विश्वकपमा भएको थियो । त्यसबेला एमबाप्पेकै सानदार प्रदर्शनमा फ्रान्सले अर्जेन्टिनालाई पराजित गर्दै विश्वकपको अन्तिम ८ मा स्थान बनाएको थियो ।

May 4, 2024

रियल म्याड्रिड स्पेनिस लिग उपाधि नजिक

एजेन्सी – कीर्तिमानी विजेता टोली रियल म्याड्रिड स्पेनिस शीर्ष डिभिजन ला लिगाको उपाधिको नजिक पुगेको छ । काडिज माथि शनिबार भएको खेलमा ३-० को जित निकाल्दै रियलको ४ खेल बाँकी छँदै २०२३/०२३ लिग उपाधिको नजिक पुगेको हो । रियलको जितमा ब्राहिम डियाज, जुड बेलिङ्घम र जोसेलुले समान‌ १ गोल गरे । ५१औं मिनेटमा बक्सको छेउबाट […]

May 4, 2024

आर्सनलद्वारा बर्नमाउथ पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई पराजित गरेको छ । शनिबार भएको दिनको पहिलो खेलमा आर्सनल ३-० ले विजयी भएको हो । आक्रामक खेल प्रदर्शन गरेतापनि आर्सनलले अग्रता लिन पहिलो हाफको अन्त्य कुर्नु परेको थियो । बर्नमाउथका गोलरक्षक मार्क ट्राभर्सले काई हाभर्ट्ज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बुकायो […]

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

Success

Thank you for your time.