default_image

3 years ago

February 16, 2021

बार्सिलोनाको मैदानमा पिएसजी सचेत

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनको सामना गर्दैछ । खेल रातको १:४५ बजे क्याम्प नोउमा सुरु हुनेछ । पाहुना टोली पिएसजीका लागि स्टार फरवार्ड नेयमार उपस्थित रहने छैनन् । पछिल्लो पटक पिएसजी यस मैदानमा खेल्दा नेयमार विपक्षी टोलीमा रहेका थिए । त्यस खेलको अभूतपूर्व […]

42 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनको सामना गर्दैछ । खेल रातको १:४५ बजे क्याम्प नोउमा सुरु हुनेछ ।

पाहुना टोली पिएसजीका लागि स्टार फरवार्ड नेयमार उपस्थित रहने छैनन् । पछिल्लो पटक पिएसजी यस मैदानमा खेल्दा नेयमार विपक्षी टोलीमा रहेका थिए । त्यस खेलको अभूतपूर्व नतिजाले बार्सिलोना अर्को चरणमा प्रवेश गर्न सफल रहेको थियो । पिएसजीले आफ्नो आक्रमणको जिम्मेवारी अर्का स्टार किलियन एमबाप्पेलाई सुम्पनेछ ।

एमबाप्पेले आज विश्वका सर्वोत्कृष्ट मध्यका लिओनेल मेस्सीको सामना गर्नेछन् । मेस्सी वर्तमान स्थितिमा उत्कृष्ट छन् र धेरैले एमबाप्पेलाई त्यसै स्तरमा पुग्न सक्ने खेलाडीको रुपमा हेरेका छन् । दुवै खेलाडी आफ्नो करिअरको फरक विन्दुमा छन् । करिअरको अन्त्यतिर आएका मेस्सी अर्को च्याम्पियन्स लिग उपाधि जित्ने चाहमा रहँदा एमबाप्पे यस उपाधिसहित करिअरलाई नयाँ उचाइमा पुर्याउन चाहन्छन् । दुवैमा एक समानता भने छ, क्लब छोड्ने सम्भावनाको ।

स्पेनिस क्लब रियल म्याड्रिड लामो समयदेखि एमबाप्पेमाथि नजर राखिरहेको छ । पिएसजीमा नयाँ सम्झौता नगरेका उनी आफैंले पनि पटक पटक रियल जाने संकेत दिंदै आएका छन् । यता गत सिजनको अन्त्यमा नै बार्सिलोना छाड्ने सम्भावना देखाएका मेस्सी बार्सिलोना छाड्ने पक्का छ । मेस्सीको नाम पिएसजीसँग पनि जोडिएको छ ।

यस खेलको नतिजाले पनि दुवै खेलाडीको भविष्यमा ठूलो भूमिका खेल्नेछ । मेस्सी क्लबमा रहने नरहने भन्ने निर्णय यस खेलपछि अझ प्रष्ट रुपमा लिन सक्नेछन् । यदि मेस्सी पिएसजी नै आएको खण्डमा एमबाप्पेका लागि पनि रियल जाने बाटो खुल्नेछ । दुवै खेलाडीलाई क्लबमा राख्ने सम्भावना भने आर्थिक पाटोबाट पनि न्यून छ ।

मेस्सी र एमबाप्पे क्लब स्तरमा पहिलो पटक आमनेसामने हुँदैछन् । यसअघि यी दुई टोलीको भिडन्त सन् २०१८ को विश्वकपमा भएको थियो । त्यसबेला एमबाप्पेकै सानदार प्रदर्शनमा फ्रान्सले अर्जेन्टिनालाई पराजित गर्दै विश्वकपको अन्तिम ८ मा स्थान बनाएको थियो ।

बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले भने खेलअघि पत्रकार सम्मेलनमा नेयमारजस्ता खेलाडीलाई रेफ्रीले केहि सुरक्षा दिनुपर्ने बताए । ‘यी खेलाडीलाई रेफ्रीले केहि सुरक्षा दिनुपर्छ । नेयमार, मेस्सी, रोनाल्डो.. यी खेलाडीले गर्दा नै फुटबलमा मनोरञ्जन लिन पाएका छौं । खेलमा एक अर्कासँग जुध्नु स्वभाविक हो तर रेफ्रीले सुरक्षा भने दिनुपर्छ,’ उनले भने ।

नेयमार फ्रान्सेली लिग अन्तर्गत केनविरुद्ध खेलमा घाइते भएका थिए । उनी एक महिनासम्म मैदानबाहिर रहने बुझिएको छ । दोस्रो लेगका लागि भने उनी उपलब्ध हुने झिनो सम्भावना छ ।

बार्सिलोनामा भने चोटका कारण बाहिर रहेका डिफेन्डर जेरार्ड पिके टोलीमा फर्कने भएका छन् । ‘पिके प्रशिक्षणमा फर्किएका छन् । उनले ४-५ दिन प्रशिक्षण गरेका छन् । आशा गरौँ अन्तिम प्रशिक्षणपछि हामीलाई थप बल प्राप्त हुनेछ,’ उनले थपे ।

कोम्यानले सकारात्मक नतिजा निकाल्ने लक्ष्यसहित पिएसजीविरुद्ध उत्रने प्रष्ट पारे । ‘ हामी आफ्नो प्रदर्शन सुधार्दै राम्रो नतिजा ल्याउने प्रयास गर्नेछौं । पिएसजी राम्रो टोली हो र हामी उत्तिकै मिहिनेत गर्नेछौ,’ उनले थपे, ‘हामीले कसरि खेल्ने भन्ने योजना बनाएका छौं । यो मेस्सी विरुद्ध एमबाप्पे खेल होइन, तर उनीहरु विशेष खेलाडी पक्कै हुन् ।’

‘पिएसजी पनि उपाधि दाबेदार टोली हो । अवे खेलमा गोल गर्ने उनीहरुको लक्ष्य पक्कै हुनेछ । हाम्रो लागि क्लिन सिट राख्नु महत्त्वपूर्ण हुन्छ । एमबाप्पेको गति रोक्नु ठूलो चुनौती छ,’ उनले टुंग्याए ।

पहिलो लेगमा चोटका कारण केहि खेलाडी नरहेपनि उपलब्ध खेलाडीमाथि विश्वास रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक माउरिसियो पोचेटिनोले बताएका छन् ।

‘पिएसजी नेयमारविना क्याम्प नोउ पुग्दैछ । बार्सिलोनालाई कसरी रोक्ने भन्ने योजना बनाउनु छ । त्यस्तै आक्रमण कस्तो उतार्ने भन्ने विषयमा पनि विचार गर्नुपर्नेछ’, उनले भने,’हामी जहिले पनि आफ्नो खेलाडीमा विश्वास गछौं । उपलब्ध मध्ये उपयुक्त टोली निर्माण गर्दै सफलता नतिजाको प्रयास गर्नेछौं ।’

पछिल्ला केहि सातामा बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले टोलीमा परिवर्तन ल्याएको इस्पानुयोलका पूर्व प्रशिक्षक समेत रहेको पोचेटिनोले बताएका छन् । ‘बार्सिलोनामा परिवर्तन देखिएको छ । जति बेला रोनाल्डले सम्हालेका छन् त्यसपछि फरक देखिएको छ,’ उनले थपे,’ टोली फरक स्तरमा पुगेको छ । नयाँ अध्याय सुरु भएको छ । विस्तारै टोलीले उच्च प्रदर्शन दिन थालेको छ ।’

पोचेटिनोले सात महिनाअघि बार्सिलोना सम्हालेका कोम्यानले आफ्नो क्षमता टोलीमा प्रयोग गरेको बताएका छन् । ‘उत्कृष्ट खेलाडीहरुबाट बलियो टोली तयार भएको छ,’ उनले भने, ‘उनीहरुलाई थाहा छ कसरी प्रतिस्पर्धा गर्नुपर्छ भन्ने । टोली जित्नका लागि तयार भएको छ । ठूला क्लबलाई कसरी जित्ने उनीहरु त्यसरी तयार भएका छन् । पिएसजी पनि त्यहि स्तरको टोली प्रतिस्पर्धा र जितका लागि तयार छ ।’

पिएसजीमा चोटको समस्या

नेयमारसँगै एन्जल डि मारिया पनि चोटका कारण बार्सिलोना विरुद्ध उत्रने छैनन् । त्यसैले केलियन एमबाप्पेले टोलीको आक्रमण सम्हाल्नेछन् । माउरो इकार्डी, माउसे केन, जुलिया डिआक्स्लर र पाब्लो साराबियाले बार्सिलोनाविरुद्ध सुरुवात गर्ने सम्भावना छ ।

May 5, 2024

आयोजक रातो र इटहरी भेन्ट्रान्सबीच पहिलो खेल हुने

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा हुन लागेको स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पूर्वेली युवा परिवार बिर्तामोडले आज खेलमैदान डोमालाल राजवंशी रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो । बिर्तामोडका अगुवा युवाहरुको साझा संस्था पूर्वेली युवा क्लबको आयोजनामा वैशाख ३१ देखि जेठ ७ गते सम्म […]

May 5, 2024

चेल्सीको सानदार जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ चेल्सीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदान स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा चेल्सीले वेस्ट ह्याम माथि ५-० को फराकिलो जित निकालेको हो । उत्कृष्ट लयमा रहेका कोल पालमरले १५औं मिनेटमा चेल्सीलाई अग्रता दिलाएका थिए । दायाँ फ्लान्कबाट खेलिएको क्रस बक्सको मध्यभागमा पालमरका सामू आएपछि उनले बललाई गोलतर्फ […]

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

Success

Thank you for your time.