default_image

9 years ago

October 5, 2016

२ लाख रुपैयाँ पुरस्कारको नैकाप गोल्डकप यसै महिना

198 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त नैकापले बडा दशै र दिपावलीको अवसरमा तथा नैकाप मैदानलाई राष्ट्रिय स्तर बनाउने उद्देश्यका साथ यसै महिनाको अन्त्यमा नैकाप गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । चन्द्रागिरी नगरपालिका वडा नं २५ स्थित नैकाप मैदानमा असोज २९ गते देखि कात्तिक १४ गते सम्म नैकाप गोल्डकप सञ्चालन हुने आयोजक समितिका सदस्य रवि बुढाथोकीले जानकारी दिए ।

nikap
नैकाप मैदानलाई राष्ट्रिय रंगशालाका रुपमा निर्माण गर्न उपयुक्त भएकोले नैकाप गोल्डकप मार्फत सन्देश दिनका लागि प्रतियोगिता आयोजना गरिएको संयोजक रामहरी बस्नेतले बताए । उनले मैदानको स्तरउन्नतीका लागि सरकारीस्तरमै पहल सुरु भइसकेको जानकारी समेत दिए । दर्ता भएका कुनै पनि क्लब तथा संघ संस्थाले भाग लिन पाउने प्रतियोगितामा बढीमा ३२ टोलीलाई सहभागिता रहने बताइएको छ । नकआउटका आधारमा हुने प्रतियोगिता सञ्चालनका लागि एन्फासँग रेफ्री उपलब्ध गराउन पत्राचार गरिएको आयोजकले जानकारी दिए । स्थानिय क्लबको पनि सहभागिता रहने प्रतियोगितामा हरेक टोलीले सहभागिताका लागि१० हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ ।
नैकाप गोल्डकपको विजेतालाई ट्रफीसहित २ लाख तथा उपविजेतालाई ट्रफीसहित १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई १०÷१० हजार रुपैयाँ प्रदान गरिनेछ ।

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

Success

Thank you for your time.