default_image

3 years ago

February 21, 2021

एभर्टनसँग लिभरपुलको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगको मर्सिसाइड डर्वी भिडन्तमा लिभरपुलले एभर्टनसँग हार बेहोरेको छ । यो सिजन खराव लयलाई निरन्तरता दिदा लिभरपुल घरेलु मैदानमा एभर्टनसँग २–० ले पराजित भएको हो । एनफिल्डमा शनिबार राति भएको खेलमा एभर्टनको जितमा रिचार्लीसन र गिल्फी सिगुर्डसनले गोल गरे । पहिलो र दोस्रो हाफमा समान १–१ गोल भएको थियो । खेलको […]

47 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको मर्सिसाइड डर्वी भिडन्तमा लिभरपुलले एभर्टनसँग हार बेहोरेको छ । यो सिजन खराव लयलाई निरन्तरता दिदा लिभरपुल घरेलु मैदानमा एभर्टनसँग २–० ले पराजित भएको हो ।

एनफिल्डमा शनिबार राति भएको खेलमा एभर्टनको जितमा रिचार्लीसन र गिल्फी सिगुर्डसनले गोल गरे । पहिलो र दोस्रो हाफमा समान १–१ गोल भएको थियो । खेलको तेस्रो मिनेटमा नै रिचार्लीसनले हामेस रोड्रिग्वेजको पासमा गोल गर्दै एभर्टनलाई १–० को अग्रता दिलाएका थिए ।

८३औं मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टीमार्फत गोल गर्दै एभर्टनलाई २–० को जित दिलाए । रिचार्लीसनललाई पेनाल्टी बक्समा एलेक्सान्डर अर्नाेल्डले पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै एभर्टनलाई पेनाल्टी दिएको थियो ।

यो जितसँगै एभर्टन २४ खेलबाट ४० अंक जोडेर सातौ स्थानमा यथावत रहँदा लिभरपुल पनि २५ खेलबाट ४० अंक जोडेर छैटौ स्थानमा रहेको छ ।

May 1, 2024

फुटबल टोली आज इङ्ल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद) – मैत्रीपूर्ण खेलका लागि तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको भिसा आएपछि आजै राति‌ इङ्ल्यान्ड त्यसतर्फ जाने भएको छ। इङ्ल्यान्ड सीसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली मंगलबार त्यसतर्फ जाने तयारी थियो। तर भिसा नआएपछि टोलीको यात्रा रोकिएको थियो। २३ खेलाडीसहितको ३० सदस्यीय टोलीको‌ भिसा आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को श्रोतले […]

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

Success

Thank you for your time.