1 year ago
May 1, 2024
हिमाल खरेल,मोरङ
ओलम्पियन रियुनियन (पुनर्मिलन) तथा सेलिब्रेटी खेलाडी भेटमा सहभागी हुन ओलम्पिक खेलाडीहरू मोरङको विराटचोक आइपुगेका छन् ।
कोशी प्रदेशका विभिन्न सहरमा हुने चार दिने ओलम्पियन पुनर्मिलन कार्यक्रममा सहभागी जनाउन अस्ट्रिया, मलेसियाका साथै नेपालका खेलाडीहरु ओलम्पियन कार्यक्रमस्थल आइपुगेका हुन् ।
विराटनगर विमानस्थलमा बुधबार दिउँसो कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष बिन्दिया कार्कीले ८ जना ओलम्पियनलाई स्वागत–सम्मान गरिन् । उनीहरूलाई स्वागत गर्दै उपाध्यक्ष कार्कीले ओलम्पियनलाई कोशी प्रदेशमा स्वागत गर्न पाउँदा खुसी लागेको सुनाइन् । अन्य ओलम्पियन मोटरबाटो हुँदै साँझ विराटचोक पुग्ने बताइएको छ।
बोर्डका सदस्य सचिव हंशराज वाग्लेलगायत सदस्यहरुले उनीहरुलाई विराटचोकस्थित नेपालीरिका होटलमा स्वागत–सम्मान गरे । बिहीबार बिहान सुनसरीको इटहरीस्थित रंगशालामा हुने वाकाथन (पैदल यात्रा) मा उनीहरुलाई सहभागी गराइनेछ ।
शुक्रबार भने खेलकुदबाटै पर्यटनमा टेवा पु¥याउने उद्देश्यले आयोजना हुने इलाम भ्रमणमा खेलाडी सहभागी हुने सदस्य सचिव वाग्लेले जानकारी दिए ।
त्यस्तै, नेपाल ओलम्पियन एसोसिएसनकी सचिव देवु थापाले विभिन्न प्रतियोगितामा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका खेलाडीलाई फेरि एकैस्थानमा उभ्याउन प्रयास गरिरहेको बोर्डको काम सराहनीय रहेको बताइन् ।
कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा नेपाल ओलम्पियन एसोसिएसनको संयोजनमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।
आज मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट सुरु हुने कार्यक्रम इटहरी, बिर्तामोड हुँदै इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तु र कन्याममा पुगेर सम्पन्न हुनेछ ।
पुनर्मिलन कार्यक्रममा ६० जना नेपाली ओलम्पियन खेलाडी र २५ जना प्रदेशभित्रका अनुभव र अभ्यासमा विशेष दख्खल राखेका चर्चित खेलाडीलाई सहभागिता गराइनेछ । विदेशी ओलम्पियन पनि कार्यक्रममा सहभागी हुने छन् ।
बोर्डले खेलकुद पर्यटनलाई उजागर गर्नेगरी पहिलोपटक एकैठाउँ धेरै खेलाडीलाई प्रदेशमा ल्याएको हो । उनीहरूलाई भित्र्याउँदा यहाँका खेलप्रेमीलाई समेत पुराना नयाँ खेलाडीलाई नजिकबाट चिन्ने र बुझ्ने अवसर हुने आयोजकको ठम्याइ छ ।
चार दिने भ्रमणका क्रममा खेलाडीलाई मोरङ, सुनसरी, झापा र इलाम जिल्लामा पर्यटन र खेल प्रवर्धनमा जोड मिल्नेगरी अघि बढाइनेछ । खेल पर्यटनसँगै श्रीअन्तु पर्यटकीय क्षेत्रलाई समेत पुनर्मिलन भ्रमण कार्यक्रमले थप उजागर गर्ने बताइएको छ ।
नेपालका सन् १९६४ सालमा पहिलोपटक ओलम्पिकमा सहभागिता जनाएका खेलाडीदेखि हालसम्मका ओलम्पियन, ओलम्पिक एसोसिएसनका अध्यक्ष तथा पदाधिकारी, खेलाडी लगायतलाई खेलप्रेमीमाझ उतार्ने बोर्डले जनाएको छ ।
कोशी प्रदेशको खेलकुदसँगै आन्तरिक पर्यटन प्रवर्धनका लागि ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा खेलकुदका चर्चित अनुहारलाई पुनर्मिलन गराउने कार्यक्रमको उद्घाटन प्रदेशका मुख्यमन्त्री केदार कार्कीले गर्ने छन् । कार्यक्रममा करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ओलम्पियन पुर्नमिलनको पहिलो संस्करण काठमाडौं र दोस्रो संस्करण गत वर्ष पोखरामा भएको थियो।
April 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। लण्डन म्याराथनका दौरान आइतवार सन्तोषीले आफै कीर्तिमानलाई भंग गर्दै नयाँ कीर्तिमान बनाएकी हुन्। उनले ३ मिनेटमा ३६ सेकेन्डको समय सुधार गरेकी हुन्।लण्डनमा म्याराथन २ घन्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गरेकी हुन्। सन्तोषीले दुई वर्ष अघि […]
April 26, 2025
पोखरा (हाम्रो खेलकुद)- एसिया कप ट्राइयाथलन कपको पुरुष तर्फ अष्ट्रियाका पिटर लुफतेन्सटेनर र महिला तर्फ कोरियाकी गियोङ्गमिन पार्कले उपाधि जितेका छन् । पोखराको फेवा लेकमा भएको प्रतियोगितामा शनिवार पिटरले ७ सय ५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि. दौड ५३ मिनट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । इजरायलका इतामर लेभाननले ५३ […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुनसरी रोकाया र होमलाल श्रेष्ठले त्रिशुली अल्ट्रा रेसको उपाधि जितेका छन् । नेपाल एडभेन्चर रनिङ महासंघले शनिवार आयोजना गरेको ५५ किलोमिटरको अल्ट्रा रेसको महिलातर्फ सुनसरीले ५ घण्टा ५१ मिनेट समयमा पूरा गर्दै उपाधि जितिन्। पुरुषतर्फ होमलालले ४ घण्टा ३३ मिनेट २२ सेकेन्डमा पूरा गरे । आर्मीकै गोपाल तामाङ ४ […]