default_image

3 years ago

February 27, 2021

लेभान्टे र बिल्वाओको बराबरी

एजेन्सी – स्पेनिस ला लिगामा लेभान्टे र एथलेटिको बिल्वाओले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली लेभान्टेले पेनाल्टीमार्फत अग्रता लिएपनि बिल्वाओेले पनि पेनाल्टीमार्फत नै बराबरी गोल फर्काएका थिए । लेभान्टेमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलको ३३औं मिनेटमा रोजरले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई १–० ले अघि बढाए । युनाई नुनेजलाई पेनाल्टी बक्समा […]

46 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा लेभान्टे र एथलेटिको बिल्वाओले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

घरेलु टोली लेभान्टेले पेनाल्टीमार्फत अग्रता लिएपनि बिल्वाओेले पनि पेनाल्टीमार्फत नै बराबरी गोल फर्काएका थिए । लेभान्टेमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलको ३३औं मिनेटमा रोजरले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई १–० ले अघि बढाए ।

युनाई नुनेजलाई पेनाल्टी बक्समा जर्ज डि फ्रुटोसले फल गरेपछि रेफ्रीले लेभान्टेलाई पेनाल्टी प्रदान गरेको थियो । जमा रोजजर चुकेनन् ।

५६औं मिनेटमा राहुल गार्सियाले पेनाल्टीमार्फत नै बराबरी गोल फर्काए । एलेक्स बेरेनगुएरले पेनाल्टी बक्समा निकोला भुकसेभिकलाई लडाएपछि बिल्वाओले पेनाल्टी पाएको थियो ।

यो बराबरीसँगै लेभान्टे २५ खेलबाट ३२ अंक जोडेर आठौं स्थानमा रहँदा बिल्वाओ २४ खेलबाट ३० अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यता फ्रेन्च लिग वानमा निसले रेनिसलाई २–१ ले पराजित गरेको छ । निसका एमिन गुइरी र फ्लाभियस ड्यानिलियसले गोल गरे । निसमा मार्टिन टेरिएरले एक गोल फर्काए ।

यो जितसँगै निस २६ खेलबाट ३८ अंक जोडेर आठौं स्थानमा रहँदा निस २७ खेलबाट ३२ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.