default_image

3 years ago

March 1, 2021

गौतम बुद्ध रंगशाला ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अवधारणा सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवन भरतपुरको शान्तिपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणमा आर्थिक सहयोग जुटाउन ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अवधारणा सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै हाम्रो रंगशालामा मेरो कुसी अवधारणा सार्वजनिक गरिएको हो । यस अभियान अन्तर्गत प्रत्येक व्यक्ति, संस्था र समूहले आ आफ्नो […]

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवन भरतपुरको शान्तिपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणमा आर्थिक सहयोग जुटाउन ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अवधारणा सार्वजनिक भएको छ ।

सोमबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै हाम्रो रंगशालामा मेरो कुसी अवधारणा सार्वजनिक गरिएको हो । यस अभियान अन्तर्गत प्रत्येक व्यक्ति, संस्था र समूहले आ आफ्नो नाम वा परिवारको साथै अन्य नाममा कुर्सी सुरक्षित गर्न सक्ने छन् । एउटा कुर्सी सुरक्षित गर्न १ लाख रुपैयाँ तिनुपर्ने हुन्छ ।

मोबाइल एप्स, फेसबुक र अन्य संचार माध्यमहरु मार्फत एक महिना भित्र सार्वजनिक रुपमा उपलब्ध गराइले फाउन्डेसनले जनाएको छ । यस अभियानबाट रंगशाला निर्माणको लागि ३ अर्ब संकलन हुने अपेक्षा गरिएको छ ।

२०७५ देखि २०७७ साल देखि हालसम्म ३२ करोड ३० लाख २४ हजार ३ सय ४५ रुपैयाँ मात्र संकलन भएको छ । खर्च ४३ करोड ४६ लाख ६ हजार ३ सय खर्च भई सकेको फाउन्डेसनले जनाएको छ । ११ करोड १७ लाख ८२ हजार ऋणमा छ । रंगशाला निर्माणको लागि कुल लगात ३ अर्व ५५ करोड अनुमान गरिएको छ । परियोजना निर्माणको कुल लागत रकमको ९.१० प्रतिशतक संकलन भएको छ ।

३० हजार समर्थक अट्ने क्षमता भएको यस रंगशाला विशेष त सिंगो देशको प्रतिष्ठासँगै राष्ट्रिय एकताको परियोजना समेत हो । यस निर्माणधीन रंगशालामा सिंगो देश हेर्न सकिन्छ । योजनामा ७७ वटा कोठा छन् । पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म, झापा सुनसरी हुँदै कैलाली कञ्चनपुर सम्मको जिल्लाहरुलाई समेटेर ७७ वटा कक्ष निर्माणाधीन छन् ।

रंगशालाको छतमा ७७ वटै कमलका पत्ताहरु छन् । सात प्रदेशको प्रतिनिधित्व हुनेगरि फरक फरक गेट छन् । नेपालको धार्मिक, प्राकृतिक, सांस्कृतिक, मौलिक सम्पदा झल्किने गरि रंगशाला निर्माण भइरहेका छ ।

यो पनि : गौतम बुद्ध रंगशाला खर्च र आम्दानी सार्वजनिक

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.