default_image

3 years ago

March 3, 2021

डर्टमुन्ड डिएफबी पोकलको सेमिफाइनलमा

एजेन्सी – बोरुसिया डर्टमुन्ड डिएफबी पोकलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति घरेलु टोली बोरुसिया मोन्चेनग्लाडवाकलाई १–० ले पराजित गर्दै डर्टमुन्डले अन्तिम चारको यात्रा तय गरेको हो । बोरुसिया पार्कमा डर्टमुन्डको जितमा इंग्लिस विंगर जाडोन सान्चोले दोस्रो हाफमा गरेको गोल नै डर्टमुन्डको जितमा निर्णायक बन्यो । उनले ६६औं मिनेटमा गोल गरेका थिए । त्यसअघि […]

28 views

0 Bookmark

एजेन्सी – बोरुसिया डर्टमुन्ड डिएफबी पोकलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति घरेलु टोली बोरुसिया मोन्चेनग्लाडवाकलाई १–० ले पराजित गर्दै डर्टमुन्डले अन्तिम चारको यात्रा तय गरेको हो ।

बोरुसिया पार्कमा डर्टमुन्डको जितमा इंग्लिस विंगर जाडोन सान्चोले दोस्रो हाफमा गरेको गोल नै डर्टमुन्डको जितमा निर्णायक बन्यो । उनले ६६औं मिनेटमा गोल गरेका थिए ।

त्यसअघि ५३औं मिनेटमा एर्लिङ ब्राउट हालान्डले गोल गरेपनि फल देखिएको भन्दै भिएआरले मान्यता दिएन । खेलको अन्त्यतिर डर्टमुन्ड १० खेलाडीमा समेटिएको थियो । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मामुद दाहुद दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

जान रेगन्सवर्ग र वेर्डर ब्रेमेनबीचको खेल भने स्थगित भएको छ । अर्काे क्वाटरफाइनलमा आज राति आरडब्लु इसेन र होल्सटेइन के्इल तथा आरबी लाइप्जिग र वल्फ्सवर्गबीच प्रतिस्पर्धा हुदैछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.