default_image

3 years ago

March 5, 2021

सातदोबाटो उपाधिबाट एक जित टाढा

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको उपाधिबाट एक जित टाढा रहेको छ । लिग अन्तरगत शुक्रबार एराउन्ड दि हिमालय बाँसबारी क्लबलाई ४–१ ले पराजित गरेपछि सातदोबाटो उपाधि सम्भावनालाई बलियो बनाएको हो । अब सातदोबाटो लिगको दुई मध्ये एक खेलमा जित हात पारे ‘बी’ डिभिजन च्याम्पियन बन्नेछ ।सातदोबाटोको ९ खेलबाट […]

21 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटो युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको उपाधिबाट एक जित टाढा रहेको छ ।

लिग अन्तरगत शुक्रबार एराउन्ड दि हिमालय बाँसबारी क्लबलाई ४–१ ले पराजित गरेपछि सातदोबाटो उपाधि सम्भावनालाई बलियो बनाएको हो ।

अब सातदोबाटो लिगको दुई मध्ये एक खेलमा जित हात पारे ‘बी’ डिभिजन च्याम्पियन बन्नेछ ।
सातदोबाटोको ९ खेलबाट २५ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको खुमलटारको २२ अंक छ । पराजित बाँसबारी १८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा सातदोबाटोको जितमा अशिम राई, प्रवेश बस्नेत र दिनेश राईले गोल गर्दा एक गोल उपहार पाएको थियो । निशान सुनारले एक गोल फर्काए ।

खेलको ११औं मिनेटमा सब्सिच्युट अशिम राईले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए । उनी १०औं मिनेटमा विरेन्द्र लिम्बुको स्थानमा मैदान प्रवेश गरेका थिए । पहिलो हाफमे इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा अमृत श्रेष्ठले आत्मघाती गोल गरेपछि सातदोबाटोले खेलमा अग्रता दोब्बर बनायो ।

५२औं मिनेटमा प्रवेश बस्नेतले गोल गर्दै सातदोबाटोलाई सहज जिततर्फ अघि बढाए । ६२औं मिनेटमा दिनेश राईले गोल गरेपछि सातदोबाटोले खेलमा ४–० को अग्रता लिन सफल भयो । ७७औं मिनेटमा निशान सुनारले गोल गरेपनि त्यसपछि थप गोल निस्कन नसक्दा सातदोबाटो ४–१ ले विजयी हुन सफल भयो ।

लिगकै अर्काे खेलमा मध्यपुर युथ एसोसिएसनले पुल्चोक स्पोर्टिङ क्लबलाई ३–२ ले पराजित गरेको छ । मध्यपुरको जितमा कप्तान धिरज श्रेष्ठले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । पुल्चोकका किस्मत लिम्बु र शेरव लो तामाङले गोल गरे ।

खेलको छैटौ मिनेटमा याम बहादुर श्रेष्ठको आत्मघाती गोलबाट मध्यपुरले खेलमा अग्रता लिएको थियो । १७औं मिनेटमा किस्मत लिम्बुले बराबरी गोल फर्काए ।

३३औं मिनेटमा धिरज श्रेष्ठले गोल गर्दै मध्यपुरलाई २–१ ले अघि बढाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा शेरव लो तामाङले गोल गर्दे खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

६७औं मिनेटमा धिरजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि मध्यपुरले खेलमा ३–२ को अग्रता लिन सफल भयो । इन्ज्युरी समयमा दुई गोल गरेका धिरज दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि मध्यपुर १० खेलाडीमा समेटिएको थियो ।

जितपछि मध्यपुर ९ खेलबाट १० अंक जोडेर सातौ स्थानमा उक्लिएको छ । पराजित पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ । पुल्चोकको रेलिगेसन सम्भावना बढेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.