default_image

3 years ago

March 10, 2021

नयाँवस्तीसँगको हारसँगै पुल्चोक रेलिगेसनमा

29 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टिङ क्लब सहिद स्मारक ‘बी’ डिभिजनबाट रेलिगेसनमा परेको छ ।

लिगको अन्तिम खेलमा नयाँवस्ती युवा क्लबसँग २–१ ले पराजित भएसँगै पुल्चोक तेस्रो डिभिजनमा घटुवा भएको हो । लिगमा पुल्चोकले ११ खेलबाट ५ अंक मात्रै जोड्न सक्यो । पुल्चोकले १ जित, २ बराबरी र ८ हारको नतिजा निकाल्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा नयाँवस्तीको जितमा अशोक तामाङ र बिवेक गुरुङले गोल गरे । शेरव लो तामाङको गोल सान्त्वना बन्यो ।

खेलको १९औं मिनेटमा अशोक तामाङको गोलबाट नयाँवस्तली अग्रता लिएको थियो । ५८औं मिनेटमा शेरव लो तामाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६३औं मिनेटमा बिवेक गुरुङले गोल गर्दै नयाँवस्तीलाई २–१ को जित दिलाए ।

जितसँगै नयाँवस्ती ११ खेलबाट १५ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.