default_image

3 years ago

March 11, 2021

सलाह र मानेको गोलसँगै लिभरपुल क्वाटरफाइनलमा

39 views

0 Bookmark

एजेन्सी – इजिप्टका मोहम्मद सलाह र सेनेगलका साडियो मानेको गोल सहयोगमा इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइप्जिगलाई पराजित गर्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

घरेलु मैदान एनफिल्ड बुधबार राति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा २–० को तथा समग्रमा ४–० को जित निकाल्दै लिभरपुलले अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा लिभरपुलले दोस्रो हाफमा चार मिनेटको अन्तरमा दुई गोल गर्दै जित निकालेको थियो । ७०औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई १–० ले अघि बढाए । उनले डिएगो जोटाको पासमा गोल गरेका थिए ।

७४औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । उनले डिभोक ओरिगीको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल विजयी हुदै क्वाटरफाइनलमा पुग्न सफल भयो ।

May 15, 2024

टोटनहमलाई हराउँदै म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि होडको दौड अन्तिम चरण सम्म रहने भएको छ‌। यो सिजन लिगको अन्तिम दिन मात्र उपाधिको टुंगो लाग्नेछ। शीर्षस्थानको म्यानचेस्टर सिटी र दोस्रो स्थानको आर्सनलबीच २ अंकको‌ अन्तर छ। इर्लिङ हालान्डले २ गोल गरेपछि मंगलबार टोटनहमलाई २-० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लिएको हो।५१ औं मिनेटमा केभिन डि ब्रुएनेको‌ सानदार क्रसमा […]

May 14, 2024

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको २०२३/२४ सिजनको उपाधिका लागि महत्वपूर्ण खेलमा आज म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको घरेलु मैदानको यात्रा गर्दैछ । खेल आज राति १२:४५ बजे टोटेनहम हटस्पर स्टेडियममा सुरु हुनेछ । लगातार चार पटक उपाधि जित्ने लक्ष्यमा रहेको सिटीलाई आजको खेल जित्नै पर्ने दबाब छ । दोस्रो स्थानमा रहेको सिटी आर्सनल भन्दा १ अंकले […]

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

Success

Thank you for your time.