default_image

3 years ago

March 12, 2021

म्यानचेस्टर र मिलानको बराबरी

34 views

0 Bookmark

एजेन्सी – युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब एसी मिलानले १–१ गोलको बराबरी खेलेका छन् ।

अन्तिम समयमा सम्हालिन नसक्दा म्यानचेस्टर युनाइटेडले मिलानसँग बराबरी खेल्न बाध्य बनेको हो । ओल्डट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडका आमद दियालोले गोल गर्दा मिलानका सिमोन किएरले बराबरी गोल फर्काएका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।

खेलको १२औं मिनेटमा फ्रान्क केस्सीको गोलले भिएआरबाट मान्यता नपाउदा मिलान अग्रता लिनबाट चुकेको थियो । ५०औं मिनेटमा सब्सिच्युट आमद दियालोले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । एन्थोनी मार्सियालको स्थानमा मैदान छिरेका आमदले ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सिमोन किएरले गोल गर्दै मिलानलाई हारबाट जोगाए । उनले राडे क्रुनिकको पासमा गोल गरेका थिए । यो बराबरीसँगै दुवै टोलीको क्वाटरफाइनल पुग्ने सम्भावना रहेको छ ।

अवे गोलमा मिलान अघि छ । अब दोस्रो लेगमा यही नतिजा कायम रहे मिलान अवे गोलको आधारमा अघि बढ्नेछ । युनाइटेडलाई अघिल्लो चरण प्रवेश गर्न कम्तीमा १–० को जितको खाँचो छ । दोस्रो लेग १९ मार्चमा हुनेछ ।

अन्य नतिजा
आयाक्सविरुद्ध योङ ब्वाइज (–०), डाइनामो किएभविरुद्ध भिल्लारियल (०–), स्लाभिया प्रागविरुद्ध रेन्जर्स (१–१), ग्रानडाविरुद्ध मोल्दे (–०), ओलम्पियाकोसविरुद्ध आर्सनल (१–), रोमाविरुद्ध साख्तर डोनेस्क (–०) र टोटेनहमविरुद्ध डिनामो जाग्रिव (–०)

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.