default_image

3 years ago

March 14, 2021

चितवनमा विजय खड्गी स्मृति गोल्डकप हुने

19 views

0 Bookmark


चितवन – वैदेशिक रोजगारका क्रममा कतारमा ज्यान गुमाएका फुटबलर विजय खड्गीको सम्झनामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजनामा ’स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ ’ हुने भएको हो ।

चैत १२ देखि २१ गतेसम्म नारायणगढको क्याम्पा चौरमा हुने प्रतियोगिताको तयारी तिव्र गतिमा भइरहेको आज (शनिबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जानकारी दिए । अहिले क्याम्पा चौरको मैदान मिलाउने र ३ हजार दर्शक क्षमताको अस्थाई प्यारापिट निर्माणको काम भइरहेको छ ।

प्रतियोगिता सञ्चालनबाट बचत हुने रकम स्वर्गिय खड्गीको छोराको अध्ययनका लागि सहयोग गरिने कार्कीले जानकारी दिए । एन्फा २०५७ ब्याचका खड्गीले नेपाली यू १३ र यू १४ बाट खेलेका थिए । कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारका लागि कतार गएका खड्गीको ३२ वर्षको उमेरमा निधन भएको थियो । उनका १ छोरा छन् ।

प्रतियोगितामा ए डिभिजन क्लबसहित १० टोली सहभागी हुने संघका महासचिव एवं प्रतियोगिताका संचार संयोजक रामहरि ढकालले बताए । प्रतियोगितामा चितवनका दुईसहित हेटौंडा, पोखरा, काठमाडौं, उदयपुर, बुटवल, नुवाकोट, सिन्धुली र प्रदेश २ को बागमती गरी १० टोली सहभागिता रहने बताइएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख र दोस्रो हुने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार तथा विधागत रुपमा उत्कृष्ट खेलाडीले समान १० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताका लागि झन्डै २८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

क्वार्टरफाइनल सम्म ५० रुपैयाँ, सेमिफाइनल र फाइनलका लागि १ सय रुपैयाँ टिकट दर तोकिएको बताइएको छ । टिकट खरिद गर्ने मध्येबाट प्रत्येक दिन गोलाप्रथाबाट एक जनाले स्मार्ट फोन जित्ने आयोजक संघले जनाएको छ । कारी दिएको छ ।

प्रायोजकको तर्फबाट बोल्दै सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका प्रवन्ध निर्देशक यज्ञबिलास पौडेल (वाइबी) ले जिल्लाको फुटबल बिकासका लागि सधैं सहकार्य गर्न आफुहरु तयार रहेको बताए ।

यसैबीच, जिल्ला संघका संघका सल्लाहकार एबं युवा व्यवसायी मिलन भट्टराई र उनकी श्रीमती सुनिता न्यौपाने भट्टराईले प्रतियोगिताबाट बचन नभएको खण्डमा स्व खड्गीको छोरालाई स्नाकोत्तरसम्म अध्ययनमा लाग्ने सबै खर्च व्यहोर्ने प्रतिवद्धता जनाएका छन् । प्रतियोगिताका लागि पनि भट्टराई दम्पत्तीले ३ लाख रुपैयाँ उपलब्ध गराएको बताइएको छ ।

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

Success

Thank you for your time.