default_image

3 years ago

March 14, 2021

प्रेसिडेन्ट लिग– ७ प्रदेशका च्याम्पियनले प्रतिस्पर्धा गर्ने

18 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)– बाँकेमा एन्फा प्रेसिडेन्ट लिग–२०७७ सोमबार सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा पहिलोपटक नेपालगन्ज रंगशालामा प्रतियोगिता सुरु हुन लागेको एन्फाले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

एन्फाले फुटबलको विकास पहिलोपटक नेपालगन्जमा फुटबल लिग गर्न लागेको एन्फा केन्द्रीय सदस्य तथा प्रतिनिधि पूर्णमान चित्रकारले बताए । चित्रकारले मोफसलका टिमलाई पनि राष्ट्रियस्तरको फुटबलमा सहभागी गराउने उद्देश्यले एन्फा प्रेसिडेन्ट लिग–२०७७ को आयोजना गर्न लागेको बताए ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले सोमबार प्रतियोगिता उद्घाघटन गर्ने कार्यक्रम रहेको जानकारी गरायो । प्रतियोगिता सात प्रदेशका लिग च्याम्पियन टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी युवा क्लब (बाँके) ले प्रतिस्पर्धा गर्नेछ ।

साथै प्रदेश नम्बर १ को लिग च्याम्पियन सैनिक फुटबल क्लब(झापा), प्रदेश नम्बर २ च्याम्पियन मनकामना युवा क्लब(रौतहट), बागमती प्रदेश च्याम्पियन (धादिङ समाज), गण्डकी प्रदेश च्याम्पियन त्रिवेणी युवा क्लब (लमजुङ), कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब (जुम्ला) र सुदुरपश्चिम प्रदेश च्याम्पियन स्टारसिटी युवा क्लब (कैलाली) ले प्रतिस्पर्धा गर्नेछन् ।

चैत १५ गते सम्म हुने प्रसिडेन्ट लिगका शीर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्ने पाउनेछन् । प्रेसिडेन्ट लिग–२०७७ को विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा विद्यागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार रुपैयाँ पाउने छन् । साथ उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार पाउनेछन् ।

प्रतियोगितालाई सफल बनाउनको लागि हामीले विभिन्न उप–समितिहरु गठन गरिसकेको आयोजकले जनाएको छ । जसको सचिवालय संयोजकमा समिर वली, आवास तथा भोजनमा घनश्याम थापा, मञ्च तथा अतिथि सत्कारमा गोबिन्द्र श्रेष्ठ, प्रचार– प्रसारमा कमल खत्री, अनुशासनमा गोर्वधन सिंह सम्झना, प्राथमिक उपचारमा भरत बहादुर खत्री, मैदान व्यवस्थापनमा अर्जुन थापा, टिकट व्यवस्थापनमा दिपक राना र स्वयमसेवक व्यवस्थापनको संयोजकको रुपमा विष्णु रावतलाई मनोनित गरिएको छ ।

पत्रकार सम्मेलनमा एन्फा केन्द्रिय सदस्य प्रदेशसिंह राठौर, एन्फा सह–महासचिव भरत बुढ थापा, लुम्बिनी प्रदेश फुटबल संघ अध्यक्ष भुपेन्द्र विक्रम थापा(पुकार), उपाध्यक्ष अजित राज भण्डारी, बाँके जिल्ला फुटबल संघ अध्यक्ष भोजराज शाही लगायतले नेपालगन्जमा हुन लागेको प्रतियोगिताले जिल्ला बाहिरको टोलीको स्तर बढाउनमा सहयोग गर्ने बताउनु भयो ।

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

May 13, 2024

क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइजले एएफसी प्रतियोगिता खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी क्लब लाइसेन्स पाएसँगै चर्च ब्वाइज युनाइटेडले एएफसि प्रतियोगिता खेल्न बाटो खुलेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार घोषणा गरेसँगै गत सिजनको लिग विजेता चर्च ब्वाइजले महादेशीय प्रतियोगिता खेल्न योग्य भएको हो । एन्फाले सोमबार सार्वजनिक गरेअनुसार चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी फुटबल क्लबले आवश्यक मापदण्ड पूरा […]

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

Success

Thank you for your time.