default_image

3 years ago

March 16, 2021

म्यानचेस्टर सिटीलाई मोन्चेनग्लाडवाकको चुनौती

55 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा आज राति इंग्लिस क्लब म्यानचेस्टर सिटीले घरेलु मैदानमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकको आतिथ्यता गर्दैछ ।

खेल इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । पहिलो लेगमा २–० को अवे जित निकालेको सिटी घरेलु मैदानमा पनि जित निकाल्दै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । उच्च लयमा सिटीले इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडसँग २–० ले पराजित भएपछि लगातार दोस्रो जित निकालिसकेको छ । त्यसअघि सिटी २८ खेलसम्म अपराजित रहेको थियो ।

सिटीलाई अघिल्लो चरण प्रवेश गर्न बराबरीको नतिजा र १–० को हारले पनि केही फरक पार्ने छैन । तर सिटी जितको लक्ष्यसहित मैदान उत्रनेछ । टोलीसँग रहिम स्टर्लिङ, गाब्रियल जेसस, सर्जियो अगुइरो, रियाद महारेज, इल्केए गुन्डोगान, फर्नान्डिन्हो, केभिन डि ब्रुयन, एमेरिक लापोर्ट, रुवेन डियास, केएल वाल्कर र गोलरक्षक इडर्सन मोराएसको साथ रहेको छ ।

यता, मोन्चेनग्लाडवाक पनि सिटीलाईै स्तब्ध पार्दै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । मोन्चेनग्लाडवाकलाई अघिल्लो चरण प्रवेश गर्न सिटीविरुद्ध कम्तीमा पनि ३–० को जित निकाल्नुपर्ने हुन्छ । जुन टोलीका लागि निकै कठिन हुनेछ । २–० को जित निकाल्न सकेको अवस्थामा पनि सम्भावना जीवितै रहनेछ ।

टोलीसँग एलासेन प्लेया, मार्कुस थुराम, लार्स स्टिन्डिल, जोनस होफमन, फ्लोरियन नेउहस, डेनिस जाकारिया, म्याथियस जिन्टर र गोलरक्षक यान सोम्मेरको साथ रहेको छ । यि दुई टोलीबीचको पाँच भेटमा सिटी चार खेलमा विजयी हुदा एक खेल बराबरीमा सकिएको छ । सिटी मोन्चेनग्लाडवाकसँग अपराजित रहने सुरमा रहँदा मोन्चेनग्लाडवाक सिटीमाथिको जितविहीन यात्रा टुंग्याउने लक्ष्यमा हुनेछ ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.