default_image

3 years ago

March 16, 2021

उत्कृष्ट पुनरागमनका साथ क्यामरुनी टोली सेमिफाइनलमा

81 views

0 Bookmark


गणेश दर्पण अधिकारी, हेटौडा

खेलको अन्त्यतिर २ गोल गर्दै मंगलबार पाहुना टोली क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसन (एआरएस) हेटौंडामा सञ्चालन भैरहेको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपको सेमीफाइनल पुगेको छ ।

एआरएसले तीन मिनेटको फरकमा २ गोल गरेपछि बागमती युवा क्लव सर्लाहीमाथि २–१ ले जित हासिल गरेको थियो । यो संगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । फाइनल प्रवेशका लागि एआरएसले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ ।

४ मिनेटको इन्जुरी समयको दोस्रो मिनेटमा लोयसले एआरएसलाई निर्णायक गोल गरेका थिए । त्यसअघि ८९ औं मिनेटमा केचाको फ्रिकिकलाई बासेकले हेडमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याएका थिए ।

त्यसअघि खेलको २५ औं मिनेटमा विदेशी खेलाडी स्टेफन समिरले गोल गर्दै बागमतीलाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेपनि पाहुना टोलीले सुधारिएको र संयमित खेल प्रदर्शन गरेको थियो ।

म्यान अफ दी म्याच एआरएसका मोसाले १० हजार रुपैयाँ प्राप्त गरे । बागमती क्लबका प्रशिक्षक सुनिल श्रेष्ठले खेलमा अग्रता लिएर पनि दबाबमा खेल्नुपरेको बताए ।
‘हामीले लिड गरेको अवस्थामा त्यसलाई जोगाउन सकेनौं’, उनले भने, ‘क्यामरुनले पहिलो गोल गर्ने बित्तिकै हाम्रा खेलाडी निराश भए । खेल्नुपर्ने जति खेलेकै हो तर पनि जित्न सकेनौं ।’

एआरएसका व्यवस्थापक आशिक थापा मगरले लामो यात्रा गरेर आएका आफ्ना खेलाडीले राम्रो खेलेको प्रतिक्रिया दिए । विदेशी टोली सोमबार मात्रै हेटौडा पुगेको थियो । ‘बागमतीले पनि धेरै राम्रो खेलेको हो’, उनले भने, ‘हामी जित्न आएका हौं । खेलमा पछि परेको अवस्थालाई उल्ट्याउँदै पहिलो खेलमा जित निकाल्न सफल भएका छौं ।’

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भैरहेको प्रतियोगितामा बुधबार पहिलो सेमिफाइनलमा घरेलु टोली मकवानपुर ११ ले लिग च्याम्पियन मछिन्द्र क्लबको सामना गर्दैछ ।

चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले उपासिहित १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले समान २५ हजार रुपैयाँ पाउनेछन् ।

May 15, 2024

चन्द्रगढी सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोडचन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो । खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल […]

May 15, 2024

एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस

हिमाल खरेल, बिर्तामोडझापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औं एएफसी ग्रासरुट दिवस मनाएको छ । क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ सेन्टरमा ग्रासरुट दिवस मनाएको हो ।फुटबलको विकास ग्रासरुटबाट हुन आवश्यक छ भन्ने अवधारणाका साथ क्लबले दिवस मनाएको अध्यक्ष किरण पौडेलले जानकारी दिए । क्लबले […]

May 15, 2024

रियल म्याड्रिडको सानदार जित

एजेन्सी – लिग उपाधि जितिसकेको रियल म्याड्रिडले लालिगा अन्तर्गत गएराती सम्पन्न खेलमा देपोर्तिभो अलाभेस माथि सानदार जित दर्ता गरेको छ । रियलले अलाभेस माथि ५-० को फराकिलो जित निकालेको हो । खेलको १०औं मिनेटमा जुड बेलिङ्घमले रियाललाई अग्रता दिलाएका थिए । बक्स भित्रबाट उनले खेलेको क्रस गोलमा परिणत भएको थियो । २७औं मिनेटमा भिनिसियस जुनियरले […]

Success

Thank you for your time.