default_image

3 years ago

March 17, 2021

मछिन्द्रलाई हराउँदै मकवानपुर फाइनलमा

43 views

0 Bookmark


गणेश दर्पण अधिकारी, हेटौंडा

साविक विजेता रिगल हेटौडा रिसोर्ट मकवानपुर–११ हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रक्षाको नजिक पुगेको छ ।

सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र क्लवलाई ४–३ ले स्तब्ध पार्दै घरेलु टोली मकवानपुर ११ उपाधि भिडन्त पक्का गरेको हो । मकवानपुरले अब त्रिभुवन आर्मी फुटबल क्लब र क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसन (एआरए) को विजेतासँग शनिबार फाइनल खेल्नेछ ।

मकवानपुरको जितमा अमिर श्रेष्ठले २, रुपेश केसी र रञ्जन विष्टले समान १ गोल गरे । मछिन्द्रका लागि पुजन उपरकोटी, अशोक थापा र राजेश परियारले गोल गरे । खेलमा पछि परेको अवस्थालाई उल्ट्याउँदै मकवानपुरले उपाधि भिडन्त पक्का गरेको हो । खेलको नवौं मिनेटमा पुजनले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । राजेशको कर्नरमा उनले बललाई पोष्टको दिशा दिएका हुन् ।

२० औं मिनेटमा मकवानपुरका रुपेश केसीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ३४ औं मिनेटमा विमल रानाको पासमा मकवानपुरका स्थानिय खेलाडी रञ्जनले गोल गरे । ४७ औं मिनेटमा मकवानपुरका लागि अमिरले गोल गर्दै खेललाई ३–१ को अवस्थामा पु¥याए । मैदानको मध्यभागबाट विमलले निकालिदिएको बललाई अमिरले उत्कृष्ट कला देखाउँदै गोलमा परिणत गरेका हुन् ।

५० औं मिनेटमा मछिन्द्र अशोकले अग्रता घटाए । ५९ औं मिनेटमा मछिन्द्रका राजेशले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ६८ औं मिनेटमा अमिरले अर्को गोल गरे । कर्नरबाट प्राप्त बललाई नियन्त्रणमा लिँदै उनले गोल गरेका हुन् । त्यहि गोल खेलको निर्णायक बन्यो । ८६ औं मिनेटमा दिलेन लोक्तानको प्रहार बारमा लागेर फर्किंदा मछिन्द्रले हार बेहोर्यो ।

अमिर खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । बिहीबार आर्मी र एआरएबीच दोस्रो सेमिफाइनल हुनेछ ।
मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले विपक्षी खेलाडीको मार्किङ नपुग्दा हार व्यहोर्न परेको बताए । १ गोल गरेपछि खेललाई सामान्य रुपमा लिनु नै गल्ती भयो’, उनले भने, रिबाउण्ड बल रोक्ने रणनीति थियो तर त्यसमै चुक्यौं ।’

घरेलु टोलीका प्रशिक्षक विजयलाल श्रेष्ठले बिग्रेको खेललाई सुधारेर खेल्दा जित निकाल्न सफल भएको बताए । ‘सुरुवातीमै पछि परेपनि प्रेसर दिएर खेल्यौैं । अन्तत जित्न सफल भयौं’, उनले भने ।

मकवानपुर जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाउनेछन् ।

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

May 16, 2024

चेल्सीको ब्राईटनविरुद्ध जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चेल्सी विजयी भएको छ । दश जनामा सिमित चेल्सीको ब्राईटन माथि २-१ को जित दर्ता गरेको हो । खेलको ३४औं मिनेटमा कोल पालमरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । मार्क कुकुरेलाको क्रसमा उत्कृष्ट हेडर प्रहार गर्दै पालमरले चेल्सीलाई सुरुवाती अग्रता दिलाए । ६५आज मिन्टमा क्रिस्टोफर […]

Success

Thank you for your time.