default_image

3 years ago

March 18, 2021

एटलेटिकोलाई हराउँदै चेल्सी क्वाटरफाइनलमा

88 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब एटलेटिको म्याड्रिडलाई पराजित गर्दै इंग्लिस क्लब चेल्सी यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान स्टामफर्ड ब्रिजमा स्पेनी टोलीलाई २-० ले पराजित गर्दै चेल्सीले समग्रमा ३-० को जित दर्ता फरेको हो । चेल्सीले पहिलो लेगमा १-० को जित हात पारेपछि दोस्रो लेगमा जित हासिल गर्दा हाकिम जिएच र एमर्सन पाल्मेरीले १-१ गोल गरे ।

खेलको ३४ औं मिनेटमा टिमो वेर्नरको पासमा जिएचले गोल गरेका थिए । वेर्नर र काइ हाभर्ट्जले बनाएको आक्रामक मुभ गोलमा परिणत भएपछि चेल्सी सहज अवस्थामा पुगेको थियो । बल पोसेसनमा पकड जमाएपनि चेल्सीले आक्रमण भने खासै बुन्न सकेको थिएन ।

जिएचको गोलपछि भने एटलेटिकोले खासै प्रभाव जमाउन सकेन । खेलको अन्तिम मिनेटमा एमर्सनले गोल गर्दै चेल्सीको जित सुनिश्चित गरेका थिए । त्यसअघि डिफेन्डर एन्टोनियो रुडीगरलाई कुइनोले हानेपछि म्याड्रिडका डिफेन्डर स्टेफान साभिचले सिधै रेड कार्ड पाएका थिए ।

चेल्सीमा प्रशिक्षक थोमस टुचेलको आगमनसँगै टोली लयमा फर्किएको छ । टुचेलले खेलाएको १३ खेलमध्य अपराजित रहेको टोलीले ११ खेलमा कुनै गोल खाएको छैन । आक्रमणमा पनि टोली सुदृढ देखिंदै आएको छ । विशेषगरी जर्मन खेलाडीद्वय वेर्नर र हाभर्ट्जको प्रदर्शनमा सुधार आएको छ ।

यता ला लिगाको शीर्ष स्थानमा रहेको एटलेटिको भने च्याम्पियन्स लिगबाट बाहिरिएपछि अब रियल म्याड्रिड र बार्सिलोनालाई पछि पार्दै लिग उपाधि जित्ने ध्यानमा रहनेछ । पछिल्लो दशक दुई पटक फाइनल पुगेको टोली यसपटक क्वाटरफाइनलमा पनि पुग्न सकेन ।

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

Success

Thank you for your time.