default_image

3 years ago

March 18, 2021

बायर्न च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

35 views

0 Bookmark

एजेन्सी – साविक विजेता जर्मन क्लब बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति इटालियन प्रतिद्वन्द्वी लाजियोलाई २–१ ले तथा समग्रमा ६–२ को जित निकाल्दै बायर्नले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

पहिलो लेगमा बायर्न ४–१ ले विजयी भएको थियो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्की र इरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दा लाजियोका मार्काे पारोलोले एक गोल फर्काए । घरेलु मैदान एलिएन्ज एरिना म्युनिखमा बायर्नले खेलको ३३औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । भेडाट मुरिकीले लियोन गोरेट्ज्कालाई पेनाल्टी बक्समा फल गरेपछि प्राप्त पेनाल्टीमा लेवान्डोस्की चुकेनन् ।

७३औं मिनेटमा सव्सिच्युट इरिक म्याक्सिम चुपो मोटिङले मैदान प्रवेश गरेको दोस्रो मिनेटमा गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । ७१औं मिनेटमा लेवान्डोस्कीको स्थानमा मैदान प्रवेश गरेका मोटिङले डेभिड अलवाको पासमा गोल गरेका थिए । ८२औं मिनेटमा मार्काे पारोलोले एन्ड्रियस पेरेइराको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न विजयी हुन सफल भयो ।

यससँगै च्याम्पियन्स लिगको क्वाटरफाइनल समिकरण पुरा भएको छ । जसमा तीन इंग्लिस क्लब लिभरपुल, चेल्सी र म्यानचेस्टर सिटी, दुई जर्मन क्लब बायर्न र बोरुसिया डर्टमुन्ड, फ्रेन्च क्लब पीएसजी, पोर्चुगिज क्लब एफसी पोर्टाे र स्पेनिस क्लब रियल म्याड्रिड रहेका छन् ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.