default_image

3 years ago

March 19, 2021

म्यानचेस्टर र आर्सनल क्वाटरफाइनलमा

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनल युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति इटालियन प्रतिद्धन्द्धी एसी मिलानलाई १–० ले तथा समग्रमा २–१ को जित निकाल्दै युनाइटेडले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिदा दोस्रो लेगमा युनाइटेडले १–० को जित निकाल्न सफल भएको थियो । […]

32 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनल युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति इटालियन प्रतिद्धन्द्धी एसी मिलानलाई १–० ले तथा समग्रमा २–१ को जित निकाल्दै युनाइटेडले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

पहिलो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिदा दोस्रो लेगमा युनाइटेडले १–० को जित निकाल्न सफल भएको थियो । युनाइटेडको जितमा फ्रान्सेली मिडफिल्डर पल पोग्वाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

उनले ४९औं मिनेटमा गोल गरेका थिए । मिलानको मैदानमा प्रतिस्पर्धात्मक खेलमा थप गोल निस्कन नसक्दा पोग्वाको गोल नै निर्णायक बन्यो ।

युरोपा लिगकै अर्काे खेलमा इंग्लिस क्लब आर्सनल ग्रीसको ओलम्पियाकोससँग दोस्रो लेगमा १–० ले पराजित भएपनि सम्रगमा ३–२ को जितसँगै क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।

आर्सनलले पहिलो लेगमा आर्सनलले ३–१ को जित निकालेको थियो । बिहीबार राति आर्सनल घरेलु मैदानमा १–० ले पराजित भएको थियो । ओलम्पियाकोसको जितमा युस्सेफ अल अरावीले ५१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

April 28, 2024

मियामीको जितमा मेस्सीको २ गोल

एजेन्सी – कप्तान लयोनल मेस्सीको प्रभावशाली प्रदर्शनमा इन्टर मियामीले अमेरिकन मेजर लिग सकर एमएलएस) आइतबार सहज जित निकालेको छ। मेस्सीले २ गोल गरेपछि मियामीले घरेलु टोली न्यु इङ्ल्यान्ड रिभोलुसनलाई ४-१ ले हराएको ग हो।पहिलो मिनेटमै कार्लोस गिलको पासमा थोमस चान्कालेले गोल गर्दे न्यु इङ्ल्यान्डलाई सुरुआती अग्रता दिलाए। ३२औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा १-१ […]

April 28, 2024

बायर लिभकुसन अझै अपराजित

एजेन्सी – यो सिजन सानदार प्रदर्शन गर्दै जर्मन बुन्डेसलिगाको च्याम्पियन बनिसकेको बायर लेभरकुसेनले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । जाभी अलन्सोको प्रशिक्षणमा गज्जवको प्रदर्शन गरिरहेको बायर लिभरकुसनले बुन्डेसलिगामा शनिबार राति भिएफबी स्टुर्टगार्टसँग २–२ गोलको बराबरी खेल्दै आफ्नो अपराजित यात्रा ४६ खेलसम्म पु¥याएको छ । लिभरकुसनले पछिल्ला तीन खेलमा अन्तिम समयमा गोल गर्दै हार टारिरहेको […]

April 28, 2024

पिएसजीको नाटकीय बराबरी

एजेन्सी – उपाधि नजिक रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा रेलिगेसन क्षेत्रमा संघर्षरत ले हार्भेसँग नाटकीय बराबरी खेल्दै हार टारेको छ । खेलको अन्त्यतिर दुई गोल गर्दै ले हार्भेसँग ३–३ गोलको बराबरी खेल्दै पिएसजीले हार टारेको हो । ले हार्भेका क्रिस्टोफेर ओपेरी, आन्द्रे एयु र अब्दुलाए टाउरेले गोल गरे । पिएसजीका ब्राड्ले […]

Success

Thank you for your time.