default_image

3 years ago

March 19, 2021

च्याम्पियन्स लिग क्वाटरफाइनलमा लिभरपुल र रियल म्याड्रिड भिड्ने

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल चरणमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस च्याम्पियन रियल म्याड्रिड भिड्ने भएका छन् । त्यस्तै अर्को इंग्लिस टोली म्यान्चेस्टर सिटीले बोरुसिया डर्टमुन्डको सामना गर्नेछ । साविक विजेता बायर्न म्युनिखले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनसँग खेल्दैछ । पोर्चुगिज क्लब पोर्टो र इंग्लिस क्लब चेल्सीले अन्तिम चारमा प्रवेश गर्न प्रतिस्पर्धा गर्नेछन् […]

83 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल चरणमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस च्याम्पियन रियल म्याड्रिड भिड्ने भएका छन् ।

त्यस्तै अर्को इंग्लिस टोली म्यान्चेस्टर सिटीले बोरुसिया डर्टमुन्डको सामना गर्नेछ । साविक विजेता बायर्न म्युनिखले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनसँग खेल्दैछ । पोर्चुगिज क्लब पोर्टो र इंग्लिस क्लब चेल्सीले अन्तिम चारमा प्रवेश गर्न प्रतिस्पर्धा गर्नेछन् ।

सेमिफाइनलमा लिभरपुल र रियल म्याड्रिडको विजेताले पोर्टो र चेल्सीको विजेतासँग खेल्नेछ । त्यस्तै बायर्न र पिएसजीको विजेताले फाइनल प्रवेशका लागि सिटी र डर्टमुन्डको विजेतासँग खेल्नेछ । क्वाटरफाइनलका खेलहरु ६-७ र १३-१४ अप्रिलमा हुनेछ । सेमिफाइनलको खेल भने २७-२८ अप्रिल र ४-५ मे मा हुनेछ ।

लिभरपुल र रियल म्याड्रिडले सन् २०१८ को च्याम्पियन्स लिग फाइनलमा खेलेका थिए । त्यसबेला स्पेनिस क्लबले ३-१ ले जित दर्ता गरेको थियो । समग्रमा च्याम्पियन्स लिगमा ६ खेल खेलेका यी दुई टोलीले ३-३ जित हासिल गरेका थिए ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.