default_image

3 years ago

March 22, 2021

एलेभन एरोज मिल्स गोल्ड कपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – एलेभन एरोज क्लब दुहबी सुनसरी प्रथम मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । रानी विराटनगरमा जारी प्रतियोगितामा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा प्रदेश १ प्रहरी कार्यालय मोरङलाई १– हराउँदै एलेभन अन्तिम चारमा पुगेको हो । उमेश कार्कीको गोलमा एलेभनले अघिल्लो चरणको यात्रा तय गरेको थियो । उमेशले २२ औं मिनेटमा […]

32 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – एलेभन एरोज क्लब दुहबी सुनसरी प्रथम मिल्स गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । रानी विराटनगरमा जारी प्रतियोगितामा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा प्रदेश १ प्रहरी कार्यालय मोरङलाई १– हराउँदै एलेभन अन्तिम चारमा पुगेको हो ।

उमेश कार्कीको गोलमा एलेभनले अघिल्लो चरणको यात्रा तय गरेको थियो । उमेशले २२ औं मिनेटमा गोल गरेका थिए । उमेश नै खेलको म्यान अफ दी म्याच घोषित भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे । प्याब्सन मोरङका उपाध्यक्ष शितला सुब्बाले उनलाई पुरस्कार हस्तान्तरण गरे ।

प्रतियोगितामा मंगलबार अन्तिम तथा चौथो क्वार्टरफाइनलमा धरान सिटी फुटबल एकेडेमी सुनसरी र सताक्षी धाम स्पोर्ट्स क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ । मिल्स गोल्ड कप फुटल ट्रष्टले आयोजना गरेको प्रतियोगितालाई विराटनगर महानगरपालिकाको संयोजन र प्रदेश १ सरकारले प्रवद्र्धन गरेको छ । त्यस्तै मोरङ जिल्ला फुटबल संघले प्रतियोगितामा प्राविधिक सहयोग गरेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.