default_image

3 years ago

March 24, 2021

नवयुग टोलीबाट बाहिर, विराज समेटिए!

108 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड नवयुग श्रेष्ठसहित १० खेलाडीलाई बाहिर राख्दै अखिल नेपाल फुटबल संघले थ्री नेसन्स कपका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोली घोषणा गरेको छ ।

प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगितामा पहिलो खेलको पूर्वसन्ध्यामा टोली घोषणा गर्दा फरवार्ड नवयुगसँगै आर्मीका ४ खेलाडी बाहिरिएका छन् । डिफेन्डर विकास खवास, मिडफिल्ड र सन्तोष तामाङ र फरवार्ड द्वय नवयुग र जर्जप्रिन्स कार्की टोलीबाट बाहिरिएका हुन् । त्यस्तै गोलरक्षकद्वय विशाल श्रेष्ठ र विशाल सुनुवार, डिफेन्डर पाल्साङ लामा र सुरज विक, मिडफिल्डर हेमन्त थापामगर तथा फरवार्ड आशिष लामा पनि टोलीमा छैनन् ।

विगतमा राष्ट्रिय टोलीको कप्तान सम्हाल्दै आएका डिफेन्डर विराज महर्जन भने टोलीमा समेटिएका छन् । उनको उपस्थिति रहेपनि टोलीको कप्तानी भने गोलरक्षक किरण चेम्जोङले नै सम्हाल्नेछन् । किरणसँगै गोलरक्षकमा विकेश कुथु र दीप कार्कीले स्थान बनाएका छन् । दीपले राष्ट्रिय टोलीमा डेब्यु गर्न बाँकी छ ।

रोहित चन्द यसपटक टोलीको डिफेन्समा खेल्ने भएका छन् । उनीसँगै अनन्त तामाङ, रंजित धिमाल, निशान खड्का, दीनेश राजवंशी, अजित भण्डारी र छिरिङ गुरुङ टोलीमा छन् । निशानबाहेक सबै सँग सिनियर टोलीबाट खेलेको अनुभव छ ।

मिडफिल्डरमा त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल बल र रवी पासवान रहेका छन् । त्रिदेव र सन्जोगले बंगलादेशविरुद्ध खेले सिनियर टोलीका लागि डेब्यु गर्नेछन् । फरवार्डमा अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास रहेका छन् ।

प्रतियोगितामा बंगलादेश र नेपालको सिनियर टोलीले प्रतिस्पर्धा गर्दा किर्गिस्तानको भने ओलम्पिक टोली (यू-२३) ले खेलिरहेको छ । बंगलादेश र नेपालको खेलले मात्र अन्तर्राष्ट्रिय खेलको मान्यता प्राप्त गर्नेछ । नेपालले बिहीबार साँझ किर्गिस्तान र शनिबार बंगलादेशसँग खेल्नेछ । फाइनल सोमबार हुनेछ । पहिलो खेलमा मंगलबार बंगलादेशले किर्गिस्तानमाथि १-० को जित दर्ता गरिसकेको छ ।

नेपाली टोली :

गोलरक्षक – किरण कुमार लिम्बु (कप्तान), विकेश कुथु र दिप कार्की

डिफेन्डर – रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज  महर्जन र छिरिङ गुरुङ

मिडफिल्डर – त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक बिष्ट, सन्जोक राई, विशाल राई, सुनिल बल, रवि शंकर पासवान

फरवार्ड – अन्जन बिष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास

May 14, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – आरसी ३२ फुटबल एकेडेमी जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । अयोग्य खेलाडी खेलाएको भन्दै एन्फाले अंक घटाएपनी मंगलबार भएको खेलमा झम्सिखेल युथ क्लब माथि २-० को जित निकाल्दै आरसी ३२ शीर्ष स्थानमा पुगेको हो । आरसी ३२ का लागि खेलको पाँचौं मिनेटमा सुजन बलाम्पकी मगरले सुरुवाती […]

May 14, 2024

विश्व कप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व कप छनोटको दोस्रो चरणअन्तर्गत युएइविरुद्धको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार आफ्नो सामाजिक सन्जालमार्फत टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार प्रारम्भिक टोलीको टोलीको गरेको जनाएको छ । नेपाल र युएइबीच जेठ २४ गते दशरथ […]

May 14, 2024

लिभरपुल बराबरीमा रोकियो

एजेन्सी – जोन डुरानले खेलको अन्त्यतिर २ गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा सोमबार लिभरपुल एस्टन भिल्लासँग ३-३ को बराबरीमा रोकिएको छ। लिगको‌ उपाधि दौडबाट बाहिरी सकेको लिभरपुलले २ पटकको अग्रतालाई जोगाउन सकेन। दोस्रो मिनेटमा डामिना मार्टिनेजले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लियो । १२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टन भिल्लालाई […]

Success

Thank you for your time.