default_image

3 years ago

March 26, 2021

विश्वकप छनोटमा जर्मनीको सहज जित

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा जर्मनीले आइसल्यान्डलाई ३–० ले हराएको छ । घरेलु मैदानमा जर्मनीको सहज जितमा लियोन गोरेट्जका, काई हाभर्टज र इल्केए गुन्डोगानले गोल गरे । पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल भएको थियो । डुइसवर्ग जर्मनीमा बिहीबार राति भएको खेलमा जर्मनीले खेलको तेस्रो मिनेटमा लियोन गोरेट्जकाको गोलबाट अग्रता […]

126 views

0 Bookmark

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा जर्मनीले आइसल्यान्डलाई ३–० ले हराएको छ । घरेलु मैदानमा जर्मनीको सहज जितमा लियोन गोरेट्जका, काई हाभर्टज र इल्केए गुन्डोगानले गोल गरे ।

पहिलो हाफमा २ तथा दोस्रो हाफमा १ गोल भएको थियो । डुइसवर्ग जर्मनीमा बिहीबार राति भएको खेलमा जर्मनीले खेलको तेस्रो मिनेटमा लियोन गोरेट्जकाको गोलबाट अग्रता लिएको थियो । उनले सर्ज जिनाब्रीको पासमा गोल गरेका थिए ।

सातौ मिनेटमा काई हाभर्टजको गोलबाट जर्मनीले अग्रता दोब्बर बनायो । उनले लिरोए सानेको पासमा गोल गरेका थिए । ५६औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै जर्मनीलाई ३–० को सहज जित दिलाए ।

जितपछि समूह ‘जे’ मा जर्मनीको ३ अंक पुगेको छ । समान ३ अंक नै रहेपनि गोल अन्तरमा रोमानिया र अर्मेनिया दोस्रो र तेस्रो स्थानमा रहेको छ । अंकविहीन नर्दन आयरल्यान्ड, लिचेस्टाइन र आइसल्यान्ड क्रमश चौथो, पाँचौ र छैटौ स्थानमा रहेका छन् ।

यही समुहको अर्काे खेलमा अर्मेनियाले लिचेस्टाइनलाई १–० ले तथा रोमानियाले आयरल्यान्डलाई ३–२ ले हराएको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.