default_image

3 years ago

March 26, 2021

इटाली विजयी, स्पेन रोकियो

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटको पहिलो खेलमा इटालीले सहज जित निकाल्दा स्पेन बराबरीमा रोकिएको छ ।बिहीबार राति भएको खेलमा इटालीले नर्दन आयरल्यान्डलाई २–० ले पराजित गरेको हो । स्टेडियो इनिओ टार्डिनी पार्मा इटालीमा भएको खेलमा घरेलु टोलीको जितमा डोनिनिको बेरारडी र सिरो इमोविलले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको […]

94 views

0 Bookmark

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटको पहिलो खेलमा इटालीले सहज जित निकाल्दा स्पेन बराबरीमा रोकिएको छ ।बिहीबार राति भएको खेलमा इटालीले नर्दन आयरल्यान्डलाई २–० ले पराजित गरेको हो ।

स्टेडियो इनिओ टार्डिनी पार्मा इटालीमा भएको खेलमा घरेलु टोलीको जितमा डोनिनिको बेरारडी र सिरो इमोविलले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलका चौथो मिनेटमा डोमिनिको बेरारडीको गोलबाट इटालीले १–० को अग्रता लिएको थियो । उनले एलेसान्द्रो फ्लोरेन्जीको पासमा गोल गरेका थिए ।

३९औं मिनेटमा सिरो इमोविलेले गोल गर्दै इटालीलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । उनले लोरेन्जो इन्सिग्नेको पासमा गोल गरेका थिए । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको दुई गोल नै इटालीको जितमा पर्याप्त बन्यो ।

यही समूह ‘सी’ को अर्काे खेलमा स्वीट्जरल्यान्डले बुल्गेरियालाई उसकै मैदानमा ३–१ ले पराजित गरेको छ । स्वीट्जरल्यान्डको जितमा ब्रिल इम्वोलो, ह्यारिस सेफेरोभिक र स्टेभेन जुवेरले गोल गरे । घरेलु टोलीका किरिल डेस्पोडोभले एक गोल फर्काए ।

यो नतिजापछि स्वीट्जरल्यान्ड र इटालीको समान ३ अंक भएपनि गोल अन्तरमा स्वीट्जरल्यान्ड शीर्षस्थानमा तथा इटाली दोस्रो स्थानमा रहेको छ । बुल्गेरिया र नर्दन आयरल्यान्ड चौथो र पाँचौ स्थानमा रहँदा लिथुआनिया तेस्रो स्थानमा रहेको छ ।

यस्तै विश्वकप छनोटकै अर्काे खेलमा स्पेनले अग्रता जोगाउन नसक्दा ग्रीससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । स्पेनका अल्भारो मोराटाले कोकीको पासमा ३३औं मिनेटमा गोल गर्दा ग्रीसका एनास्टासिअस बाकासेटासले पेनाल्टीमार्फत बराबरी गोल फर्काएका थिए ।

यही समूहको अर्काे खेलमा स्वीडेनले जर्जियालाई १–० ले पराजित गरेको छ । स्वीडेनको जितमा भिक्टोर क्लाइसनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ३५औं मिनेटमा ज्लाटन इब्राहिमोभिचको पासमा गोल गरेका थिए । यसै खेलमार्फत ३९ वर्षीय भेट्रान ज्लाटन इब्राहिमोभिचले सन्यासको निर्णय फिर्ता लिदै ५ वर्षपछि स्वीडेनका लागि पहिलो खेल खेल्दै गोलको लागि असिस्ट दिए ।

जितपछि समुह ‘बी’ मा स्वीडेन ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । १ अंक जोडेको ग्रीस दोस्रो तथा स्पेन तेस्रो स्थानमा रहेको छ । अंकविहीन कोसोभो चौथो तथा जर्जिया पाँचौ स्थानमा रहेको छ ।

अन्य नजिता
समूह ‘बी’ –
स्पेनविरुद्ध ग्रीस (१–१), स्वीडेनविरुद्ध जर्जिया (–०)
समूह ‘सी’ – बुल्गेरियाविरुद्ध स्वीट्जरल्यान्ड (१–), इटालीविरुद्ध नर्दन आयरल्यान्ड (–०)
समुह ‘एफ’ – माल्दोभाविरुद्ध फारोइ आयरल्यान्ड (१–१), स्कटल्यान्डविरुद्ध अष्ट्रिया (२–२), इजरायलविरुद्ध डेनमार्क (०–),
समूह ‘आई’ – एन्डोराविरुद्ध अल्वानिया (०–), इंग्ल्यान्डविरुद्ध सान मारिनो (–० बजे), हंगेरीविरुद्ध पोल्यान्ड (३–३)
समूह ‘जे’ – जर्मनीविरुद्ध आइसल्यान्ड (–०), लिचेस्टाइनविरुद्ध अर्मेनिया (०–), रोमानियाविरुद्ध नर्दन आयरल्यान्ड (–२)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.