9 years ago
October 16, 2016
हाम्रो खेलकुद – यहि आउँदो कार्तिक १७ गते देखि मलेसियामा हुने एएफसी सोलिडारिटी कपको खेल तालिका सार्वजनिक गरिएको छ।

तस्बिर: एन्फा
समूह ‘ए’मा बंगलादेश, ब्रुनई र टिमोर लेस्टसंग रहेको नेपालले कार्तिक १७ गते बंगलादेश विरुद्ध खेल्नेछ। दोश्रो खेल कार्तिक २०गते टिमोर लेस्टेविरुद्ध खेलेर नेपालले २३ गते ब्रुनईसंग समुह चरणको अन्तिम खेल खेल्नेछ। यसअघी पाकिस्तान पनि समूह ‘ए’मै भएपनि विविध कारण देखाउदै उसले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो।
समूह ‘बि’मा भने श्रीलंका, लाओस, मंगोलिया र मकाउ रहेका छन्। दुवै समूह बाट शिर्ष दुइ टोलि सेमीफाइनलमा जानेछन्। कार्तिक २७ गते सेमिफाइनलका दुवै खेल हुनेछन्। प्रतियोगिताको फाइनल खेल कार्तिक ३० गते हुनेछ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]