default_image

3 years ago

March 27, 2021

बेल्जियमलाई चेक रिपब्लिकको चुनौती

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटको दोस्रो राउन्डको खेलमा आज राति चेक रिपब्लिकले घरेलु मैदानमा बेल्जियमको आतिथ्यता गर्दैछ । खेल सिनोवो स्टेडियम प्राहामा नेपाली समयअनुसार राति १ः३० बजे हुनेछ । पहिलो राउन्डको खेलमा दुवै टोलीले सफलता हात पारेका कारण दुवै टोली दोस्रो जितको खोजीमा हुनेछ । चेकले पहिलो खेलमा इस्टोनियामाथि ६–२ को जित […]

21 views

0 Bookmark

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटको दोस्रो राउन्डको खेलमा आज राति चेक रिपब्लिकले घरेलु मैदानमा बेल्जियमको आतिथ्यता गर्दैछ ।

खेल सिनोवो स्टेडियम प्राहामा नेपाली समयअनुसार राति १ः३० बजे हुनेछ । पहिलो राउन्डको खेलमा दुवै टोलीले सफलता हात पारेका कारण दुवै टोली दोस्रो जितको खोजीमा हुनेछ । चेकले पहिलो खेलमा इस्टोनियामाथि ६–२ को जित निकाल्दा बेल्जियमले वेल्सलाई ३–१ ले हराएको थियो ।

घरेलु मैदानमा हुने खेलमा चेक बेल्जियमलाई हराउदै आफ्नो शीर्षतालाई बलियो बनाउने लक्ष्यमा हुनेछ । टोलीसँग अघिल्लो खेलमा ह्याट्रिक प्रहार गरेका थोमस सौसेक, प्याट्रिक सिक र एन्टोनिन बराकको साथ रहेको छ । यस्तै जान्कटो, डारिदा, प्रोभोड, बोरिल, कुदेला, सेलुस्टका काडेराबेक र गोलरक्षक पाभलेन्का टोलीमा रहेका छन् । चेक पछिल्लो तीन खेलमा अपराजित छ ।

यता, बेल्जियम पनि घरेलु टोलीलाई हराउदै शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । समान ३ अंक भएपनि गोल अन्तरमा बेल्जियम दोस्रो स्थानमा रहेको छ । टोलीसँग रोमेलु लुकाकु, थोर्गन हाजार्ड, केभिन डि ब्रुयन, ड्रिएस मेर्टिन्स, युरी टिलेमान्स, थोमस म्युनिएर, टोवी एल्डरवेइरिल्ड, थोमस भर्मालेन र गोलरक्षक थिवाउट कोर्टुवाको साथ रहेको छ ।

बेल्जियमले नेसन्स लिगमा इंग्ल्यान्डसँग २–१ ले पराजित भएपछि पछिल्लो ५ खेलमा शतप्रतिशत जित निकालेको छ । बेल्जियम सोही अपराजित यात्रालाई निरन्तरता दिने योजनामा हुनेछ । यि दुई टोली दोस्रोपटका आमने सामने हुन लागेको हो । यसअघि यि दुई टोलीबीच २०१७ मा मैत्रीपुर्ण खेल हुदा बेल्जियम २–१ ले विजयी भएको थियो ।

यही समूह ‘ई’ को अर्काे खेलमा आज राति बेलारुस र इस्टोनियाबीच प्रतिस्पर्धा हुदैछ । विश्वकप छनोटमा बेलारुसले पहिलो खेल खेल्दा इस्टोनियाको यो दोस्रो खेल हो । इस्टोनिया पहिलो खेलमा चेक रिपब्लिकसँग ६–२ ले पराजित भएको थियो ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.