default_image

3 years ago

March 27, 2021

विश्वकप छनोट – सर्विया र पोर्चुगल भिड्दै

एजेन्सी – कतार विश्वकपको युरोपियन छनोटको दोस्रो राउन्डमा आज राति सर्वियाले घरेलु मैदानमा पोर्चुगलको आतिथ्यता गर्दैछ ।खेल वियोग्राडमा नेपाली समयअनुसार राति १ः३० बजे हुनेछ । पहिलो राउन्डमा सफलता पाएको दुवै टोली लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । सर्वियाले पहिलो खेलमा आयरल्यान्डलाई ३–२ ले पराजित गर्दा पोर्चुगलले अजरवैजानलाई १–० ले पराजित गरेको थियो । सर्विया […]

38 views

0 Bookmark

एजेन्सी – कतार विश्वकपको युरोपियन छनोटको दोस्रो राउन्डमा आज राति सर्वियाले घरेलु मैदानमा पोर्चुगलको आतिथ्यता गर्दैछ ।
खेल वियोग्राडमा नेपाली समयअनुसार राति १ः३० बजे हुनेछ ।

पहिलो राउन्डमा सफलता पाएको दुवै टोली लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । सर्वियाले पहिलो खेलमा आयरल्यान्डलाई ३–२ ले पराजित गर्दा पोर्चुगलले अजरवैजानलाई १–० ले पराजित गरेको थियो । सर्विया घरेलु मैदानमा बलियो पोर्चुगललाई हराउदै अंक तालिका बलियो बनाउने लक्ष्यमा हुनेछ । समान ३ अंक भएपनि गोल अन्तरमा सर्विया शीर्ष तथा पोर्चुगल दोस्रो स्थानमा रहेको छ ।

सर्वियासँग डुसान टाडिक, डुसान भ्लाओभिक, युरोस रासिस, सासा लुकिक, स्टेफन मित्रोभिक, निकोला मिलिन्कोभिक, पाभ्लोभिक र गोलरक्षक मार्काे डिमिट्रोभिकको साथ रहेको छ ।

यता, सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा मैदान उत्रने पोर्चुगल सर्वियालाई हराउदै शीर्षस्थानमा उक्लने दाउमा हुनेछ ।
टोलीसँग रोनाल्डोसँगै बर्नाडो सिल्भा, आन्द्रे सिल्भा, रुवेन नेभेस, जोओ मौटिन्हो, पेड्रो नेटो, नुनो मेन्डेस, रुवेन डियास, जोओ क्यान्सिलो र गोलरक्षक एन्थोनी लोपेस रहेका छन् ।

ब्रुनो फर्नान्डेस, राफा सिल्भा, जोआओ फेलिक्स पनि टोलीमा रहँदा पहिलो रोजाईका गोलरक्षक रुइ प्याट्रिसियो चोटका कारण टोलीमा हुनेछैनन् । यि दुई टोलीको पछिल्लो चार भेटमा पोर्चुगल तीन खेलमा विजयी हुदा १ खेल बराबरीमा सकिएको छ । पोर्चुगलले २०१९ मा भएको युरोकप छनोटमा सर्वियालाई ४–२ ले हराएको थियो । यही समुह ‘ए’ को अर्काे खेलमा आज राति नै आयरल्यान्ड र लक्जेमवर्गबीच राति १ः३० बजै प्रतिस्पर्धा हुदैछ ।

अन्य खेल

समूह ‘ए’ – सर्वियाविरुद्ध पोर्चुगल (राति १ः३० बजे) र आयरल्यान्डविरुद्ध लक्जेमवर्ग (राति १ः३० बजे)
समुह ‘ई’ – बेलारुसविरुद्ध इस्टोनिया (राति १०ः४५ बजे) चेक रिपब्लिकविरुद्ध बेल्जियम (राति १ः३० बजे)
समूह ‘जी’ – मोन्टेनेग्रोविरुद्ध जिब्राल्टार (राति ७ः४५ बजे), नेदरल्यान्ड्सविरुद्ध लात्भिया (राति १०ः४५ बजे) र नर्वेविरुद्ध टर्की (राति १०ः४५ बजे)
समूह ‘एच’ – रसियाविरुद्ध स्लोभेनिया (राति ७ः४५ बजे), क्रोएसियाविरुद्ध साइप्रस (राति १०ः४५ बजे) र स्लोभाकियाविरुद्ध माल्टा (राति १ः३० बजे)

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.