default_image

3 years ago

March 27, 2021

राष्ट्रिय टोलीबाट सन्जोक र त्रिदेवको डेब्यू

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डरद्धय सन्जोक राई र त्रिदेव गुरुङले नेपाली सिनियर राष्ट्रिय टोलीबाट डेब्यू गर्दैछन् । थ्री नेसन्स कप अन्तर्गत शनिबार बंगलादेशविरुद्धको खेलबाट सन्जोक र त्रिदेवले सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । सन्जोक, त्रिदेव र निशान खड्काले नेसन्स कपकै किर्गिस्तानको यु–२३ टोलीविरुद्धको खेलबाट राष्ट्रिय टोलीको जर्सी लगाएपनि उनीहरुको अन्तर्राष्ट्रिय ‘डेब्यु’ मानिने छैन । […]

54 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डरद्धय सन्जोक राई र त्रिदेव गुरुङले नेपाली सिनियर राष्ट्रिय टोलीबाट डेब्यू गर्दैछन् । थ्री नेसन्स कप अन्तर्गत शनिबार बंगलादेशविरुद्धको खेलबाट सन्जोक र त्रिदेवले सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् ।

सन्जोक, त्रिदेव र निशान खड्काले नेसन्स कपकै किर्गिस्तानको यु–२३ टोलीविरुद्धको खेलबाट राष्ट्रिय टोलीको जर्सी लगाएपनि उनीहरुको अन्तर्राष्ट्रिय ‘डेब्यु’ मानिने छैन । नेपाली टोलीा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पहिलोपटक राष्ट्रिय टिममा परेका सन्जोक राई र त्रिदेव गुरुङलाई पहिलो रोजाईमा मौका दिदा निशान खड्काले दोस्रो हाफमा मौका पाएको थियो ।

सन्जोक र निशानले ‘ए’ डिभिजन क्लब रुस्लान थ्री स्टारबाट तथा त्रिदेवले ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पा क्लबबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका छन् । च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका सन्जोक र निशान त्यसपछि थ्री स्टारमा पुगेका थिए ।

२२ वर्षीय सन्जोक गतवर्षको लिगमा ह्याट्रिक प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए । उनले किर्गिस्तानको यु–२३ टोलीविरुद्ध ८६ मिनेट मैदानमा बिताएका थिए । उनलाई विशाल राईले स्थानान्तरण गरेका थिए । सन्जोक नेपाल सुपर लिग (एनएसएल) क्लब काठमाडौं रेजर्ससँग १ लाख रुपैयाँमा अनुबन्धित भएका छन् ।

घरेलु लिगमा हिमालयन शेर्पाबाट खेल्दै आएका त्रिदेवले राष्ट्रिय टोलीमा परेको पहिलोपटक नै सिनियर टोलीमा खेल्ने मौका पाए । किर्गिस्तानविरुद्ध सुरुवाती–११ मै स्थान बनाएका त्रिदेवलाई ५९ मिनेटमा सुजल श्रेष्ठले स्थानान्तरण गरेका थिए । एनएसएलमा त्रिदेव १ लाख रुपैयाँमा काठमाडौं रेजर्समा अनुबन्धित छन् ।

बंगलादेशविरुद्ध नेपालको प्लेइङ इलाभेन
गोलकिपर – किरण चेम्जोङ (कप्तान)
डिफेन्डर – रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डर – त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोक राई, रविशंकर पासवान
फरवार्ड – अन्जन विष्ट अभिषेक रिजाल

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.