default_image

3 years ago

March 27, 2021

पहिलो हाफः नेपाल बंगलादेश बराबर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशबीचको थ्री नेसन्स कपको राउन्ड रोरविन लिगको अन्तिम खेलका पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली नेपालले बल पोसेसनमा बलियो पकड बनाएपनि गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको हो । २१औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अन्जन विष्टको फ्रि हेडर […]

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र बंगलादेशबीचको थ्री नेसन्स कपको राउन्ड रोरविन लिगको अन्तिम खेलका पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली नेपालले बल पोसेसनमा बलियो पकड बनाएपनि गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको हो ।

२१औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अन्जन विष्टको फ्रि हेडर पोस्टको माथिबाट बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । २४औं मिनेटमा त्रिदेव गुरुङको प्रहारले पोस्टको दिशा लिन सकेन । ३७औं मिनेटमा फ्रिकिकबाट आएको बललाई बंगलादेशका खेलाडीले हेडरलाई रोहित चन्दले क्लियर गर्दै नेपालको संकट टारे । ४०औं मिनेटमा कप्तान जमल भुयाको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिदा बंगलादेश अग्रता लिनबाट चुक्यो ।

दोस्रो हाफ केही बेरमा शुरु हुनेछ । यस खेलमा नेपालले बराबरी खेलेपनि फाइनलमा पुग्नेछ । १–० हारले पनि नेपालको फाइनल यात्रा सुरक्षित हुनेछ । २–० हारले नेपालको फाइनल पुग्ने सम्भावना सकिनेछ । किर्गिस्तान पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित गरेको थियो । बंगलादेश फाइनलमा पुगिसकेको छ । नेपाल र किर्गिस्तानले गोलरहित बराबरी खेलेपछि बंगलादेश फाइनल पुगिसकेको छ । फाइनल सोमबार हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.