default_image

3 years ago

March 27, 2021

राष्ट्रिय टोलीबाट निशानको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर निशान खड्काले नेपालको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । थ्री नेसन्स कप अन्तरगत बंगलादेशविरुद्धको खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै निशानले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । उनले ७१औं मिनेटमा रन्जित धिमाललाई प्रतिस्थापन गरे । २३ वर्षीय डिफेन्डर निशान खड्का गत सिजन च्यासल युथ क्लब छाडेर रुस्लान थ्री […]

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर निशान खड्काले नेपालको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । थ्री नेसन्स कप अन्तरगत बंगलादेशविरुद्धको खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै निशानले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।

उनले ७१औं मिनेटमा रन्जित धिमाललाई प्रतिस्थापन गरे । २३ वर्षीय डिफेन्डर निशान खड्का गत सिजन च्यासल युथ क्लब छाडेर रुस्लान थ्री स्टार आएका हुन् । थ्री स्टारबाट उच्च प्रदर्शन गरेपनि उनी प्रशिक्षकको रोजाईमा पर्न सफल भएका थिए ।

राष्ट्रिय टोलीमा परेको पहिलोपटक नै उनले नेपालको जर्सी लगाउने मौका पाएका थिए । किर्गिस्तानको यु–२३ टोलीविरुद्ध उनी ८६औं मिनेटमा मैदान छिरेका थिए । उनी रन्जित धिमालको स्थानमा मैदान प्रवेश गरेका थिए । निशान बैशाखमा हुने सुपर लिगका लागि १ लाख रुपैयाँमा धनगढीमा अनुबन्धित भएका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.