default_image

3 years ago

March 27, 2021

‘रक्षापंक्तिमा खेल्न सहज भयो’- रोहित

काठमाडौं (हाम्रो खेलकुद)– थ्री नेसन्स कपमा बंगलादेशविरुद्धको खेलमा म्यान अफ दी म्याच घोषित नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्दले आफूलाई रक्षापंक्तिमा खेल्न सहज भएको बताएका छन् । राष्ट्रिय टोलीमा रक्षकबाटै खेल्न सुरु गरेको रोहितलाई पछि प्रशिक्षकले बक्स टु बक्स मिडफिल्डरका रुपमा प्रयोग गरेका थिए । त्यो पोजिसनमा पनि उनले उच्च प्रदर्शन गर्थे । थ्री नेसन्स कपमा […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– थ्री नेसन्स कपमा बंगलादेशविरुद्धको खेलमा म्यान अफ दी म्याच घोषित नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्दले आफूलाई रक्षापंक्तिमा खेल्न सहज भएको बताएका छन् ।

राष्ट्रिय टोलीमा रक्षकबाटै खेल्न सुरु गरेको रोहितलाई पछि प्रशिक्षकले बक्स टु बक्स मिडफिल्डरका रुपमा प्रयोग गरेका थिए । त्यो पोजिसनमा पनि उनले उच्च प्रदर्शन गर्थे । थ्री नेसन्स कपमा भने प्रशिक्षक बालगोपाल महर्जनले उनलाई सेन्टर डिफेन्डरको भूमिकामा उतारे । त्यसो त उनी लामो समयदेखि राष्ट्रिय टोलीमा रहँदा डिफेन्डरकै रुपमा प्रशिक्षण गरिरहेका थिए ।

रोहितले किर्गिस्तान यू २३ सँगको खेल होस् वा बंगलादेश दुवैमा उच्च प्रदर्शन गरे । भरपर्दा रोहित जस्तै परिस्थितिमा पनि दबाबमुक्त भएर खेल्न सक्ने क्षमता राख्छन् । दुवै खेलमा एकरुपताको प्रदर्शन गरेका रोहित बंगलादेशविरुद्धको खेलमा म्यान अफ दी म्याच घोषित भए । उनले २ सय ५० अमेरिकी डलरसहित ट्रफी प्राप्त गरे । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उनलाई ट्रफी हस्तान्तरण गरे ।

‘झन्डै ६ महिनादेखि डिफेन्समै अभ्यास गरिरहेको छु । त्यसैले यसमा पनि सहज नै लागेको छ,’ शनिबार पोष्ट म्याच कन्फ्रेन्समा रोहितले भने, ‘टोलीको आवश्यकता अनुसार खेल्ने हो । मिडफिल्डमा पनि मैले आफूले सक्दो राम्रो गर्न प्रयास गरेको थिए ।’ रोहितसँगै रहेका प्रशिक्षक महर्जनले पनि रोहितको तारिफ गरे । ‘खेलाडीले टोलीको आवश्यकता अनुसार खेल्न सक्नुपर्दछ, त्यसमा रोहित एक हुन्,’ उनले भने ।

रोहित झन्डै एकदशक यता विदेशी भूमिका व्यवासायिक फुटबल खेल्दै आएका छन् । २०६८ मा मछिन्द्र क्लबबाट ए डिभिजन लिग खेलेका रोहित त्यसपछि निरन्तर विदेशमा खेल्दै आएका छन् । आई लिग र मलेसिायबाट समेत खेलेका रोहित लामो समयदेखि इन्डानेसियाको पर्सिजा जाकार्ताबाट खेल्दै आएका छन् । सन् २०१८ मा जाकार्ताले लिग जित्दा रोहित लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

लगातार दोस्रो खेलमा गोलरहित बराबरी खेल्दै नेपाली टोली थ्री नेसन्स कपको फाइनलमा पुगेको छ । शनिबार बंगलादेश र त्यसअघि बिहीबार किर्गिस्तान यू २३ दुवैसँग नेपालले गोलरहित बराबरी खेलेको थियो । पहिलो खेलमा बंगलादेशले किर्गिस्तालाई १–० ले हराएको थियो । नेपाल र किर्गिस्तानको बराबरीपछि नै बंगलादेश फाइनलमा पुगेको थियो । नेपाल र बंगलादेशबीच सोमबार फाइनल हुनेछ ।

May 4, 2024

आर्सनलद्वारा बर्नमाउथ पराजित

एजेन्सी – इंग्लिश प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोली आर्सनलले बर्नमाउथलाई पराजित गरेको छ । शनिबार भएको दिनको पहिलो खेलमा आर्सनल ३-० ले विजयी भएको हो । आक्रामक खेल प्रदर्शन गरेतापनि आर्सनलले अग्रता लिन पहिलो हाफको अन्त्य कुर्नु परेको थियो । बर्नमाउथका गोलरक्षक मार्क ट्राभर्सले काई हाभर्ट्ज माथि फाउल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै बुकायो […]

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

Success

Thank you for your time.