default_image

3 years ago

March 27, 2021

एआरएको विजयी सुरुवात

चितवन (हाम्रो खेलकुद) – टाइब्रेकरमा गोलरक्षक डा स्याल्भियो चम्किदा अफ्रिकन रुट्स एसोएिएसन (एआरए) क्यामरुनले चितवनमा जारी ’सेन्ट्रल कलेज स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । नारायणगढको क्याम्पा चौरमा भएको खेलमा क्यामरुनले अभिषेक चर्च रजहरलाई शनिबार टाइब्रेकरमा ३–१ ले पराजित ग¥यो । क्यामरुनलाई जिताउन गोलरक्षक स्याल्भियोले टाइब्रेकरमा अभिषेक चर्चको ३ प्रहार […]

19 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद) – टाइब्रेकरमा गोलरक्षक डा स्याल्भियो चम्किदा अफ्रिकन रुट्स एसोएिएसन (एआरए) क्यामरुनले चितवनमा जारी ’सेन्ट्रल कलेज स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

नारायणगढको क्याम्पा चौरमा भएको खेलमा क्यामरुनले अभिषेक चर्च रजहरलाई शनिबार टाइब्रेकरमा ३–१ ले पराजित ग¥यो । क्यामरुनलाई जिताउन गोलरक्षक स्याल्भियोले टाइब्रेकरमा अभिषेक चर्चको ३ प्रहार विफल तुल्याए । उनले पहिलो, तेस्रो र चौथो प्रहार रोके । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।

त्यस अघि निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएको थियो । खेल अवधिभर क्यामरुनले अभिषेक चर्चलाई दबाबमा राखेको थियो । गोल गर्ने प्रशस्तै अवसर पाए पनि क्यामरुनको फिनिसिङ कमजोर देखियो ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा आइतबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र सुनौलो संगम युवा क्लब बुटवलबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख र दोस्रो टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० तथा विधागत उत्कृष्ट खेलाडीले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.