default_image

3 years ago

March 28, 2021

पोर्चुगल बराबरीमा रोकियो

एजेन्सी – दुई गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल कतार विश्वकप २०२२ को युरोपियन छनोटको दोस्रो खेलमा सर्वियासँग बराबरीमा रोकिएको छ । पोर्चुगल सर्वियासँग २–२ गोलको बराबरीमा रोकिएको हो । सर्वियाको मैदानमा शनिबार राति भएको खेलमा पोर्चुगलका लागि दुवै गोल डिएगो जोटाले गर्दा घरेलु टोलीका एलेक्सान्डर मित्रोभिक र फिलिप कोस्टिकले गोल फर्काउदै हार टारे । खेलको […]

43 views

0 Bookmark

एजेन्सी – दुई गोलको अग्रता जोगाउन नसक्दा पोर्चुगल कतार विश्वकप २०२२ को युरोपियन छनोटको दोस्रो खेलमा सर्वियासँग बराबरीमा रोकिएको छ ।

पोर्चुगल सर्वियासँग २–२ गोलको बराबरीमा रोकिएको हो । सर्वियाको मैदानमा शनिबार राति भएको खेलमा पोर्चुगलका लागि दुवै गोल डिएगो जोटाले गर्दा घरेलु टोलीका एलेक्सान्डर मित्रोभिक र फिलिप कोस्टिकले गोल फर्काउदै हार टारे ।

खेलको ११औं मिनेटमा बर्नाडो सिल्भाको पासमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई १–० को अग्रता दिलाए । ३६औं मिनेटमा सेड्रिक सोराएसको पासमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा २–० को अग्रत दिलाए ।

तर, पोर्चुगलले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । दोस्रो हाफको शुरुमै ४६औं मिनेटमा एलेक्सान्डर मित्रोभिकले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ६०औं मिनेटमा फिलिप कोस्टिकले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो ।

यो बराबरीपछि समूह ‘ए’ मा सर्विया दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ४ अंक भएपनि पोर्चुगल गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा आयरल्यान्डले लक्जेमवर्गलाई १–० ले पराजित गरेको छ । समूहमा लक्जेमवर्गको ३ तथा पराजित आयरल्यान्ड र अजरवैजानले अंकको खाता खोल्न सकेको छैन ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.