default_image

3 years ago

March 28, 2021

किर्गिस्तानसँग आर्मीको पनि बराबरी

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १० दिनपछि घरेलु मैदान दशरथ रंगशालामा एएफसी कपको प्ले अफको पहिलो खेल खेल्ने तयारीमा रहेको विभागीय त्रिभुवन आर्मी क्लबले पनि किर्गिस्तानको यु–२३ टोलीसँग बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा किर्गिस्तानको ओलम्पिक टोलीलाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा आर्मीले पनि किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको हो । किर्गिस्तानको ओलम्पिक टोलीविरुद्ध नेपाली राष्ट्रिय टोलीले पनि गोलरहित बराबरी खेलेको थियो ।

खेलको पहिलो मिनेटमा नै विवेक बस्नेतको क्रसमा नवयुग श्रेष्ठको हेडरलाई गोलरक्षक प्रियाडकिन अर्टेमले मुस्किलले पञ्च गर्दै बचाए । चौथो मिनेटमा नवयुग श्रेष्ठको क्रसलाई गोलरक्षक अर्टेमले सहजै बचाए ।

२३औं मिनेटमा विवेक बस्नेतलाई बाकयातबेक युल सुल्तानविकले लडाएपछि पेनाल्टी बक्सबाहिरको सन्तोष तामाङको हेडरलाई डिफेन्डरले क्लियर गर्दै बचाए । २६औं मिनेटमा एबीलोभ इर्नाजको प्रहार क्रसबारमा लागेर फर्कदा किर्गिस्तान अग्रता लिनबाट चुक्यो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा विवेक बस्नेतको क्रसलाई नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की र टेक बहादुर बुढाथोकीले भेट्न सकेनन् ।

४७औं मिनेटमा विवेक बस्नेतको पेनाल्टी बक्सभित्रको प्रहार आकासिदा आर्मी अग्रता लिनबाच चुक्यो । ५२औं मिनेटमा विवेक बस्नेतको क्रसमा किर्गिस्तानका डिफेन्डरले हेडरमार्फत बललाई क्लियर गर्दा नवयुग श्रेष्ठले भेट्न सकेनन् । ७२औं मिनेटमा नवयुग श्रेष्ठको वान भर्सेस वानको अवस्थाको प्रहारलाई गोलरक्षक टोकोटेभ इर्जानको बचाउदा आर्मी अग्रता लिनबाट चुक्यो । ८२औं मिनेटमा सन्तोष तामाङको पेनाल्टी बक्सबाहिरको प्रहार आकासियो ।

किर्गिस्तानको युवा टोलीविरुद्ध आर्मीले राष्ट्रिय टोलीको २३ सदस्यीय टोलीमा नपरेका नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र विकास खवाससँगै सेसेहाङ आङ्देम्वे, सुमन अर्याल, बिकास तामाङलाई मैदानमा उतारेको थियो ।

आर्मीले एफएफसी कपको तयारीस्वरुप किर्गिस्तानको युवा टोलीसँगै मैत्रीपुर्ण खेल खेलेको हो । किर्गिस्तानको युवा टोली थ्री नेसन्स कपको लागि नेपाल आएको थियो । राउन्ड रोविन लिग १ बराबरी र १ हारका साथ किर्गिस्तान प्रतियोगिताबाट बाहिरिएको थियो । किर्गिस्तान बंगलादेशसँग १–० ले पराजित हुदा नेपाली राष्ट्रिय टोलीसँग गोलरहित बराबरी खेलेको थियो । आर्मीले २५ बैशाखमा श्रीलंकाको पुलिस क्लबसँग खेल्दैछ ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.